नेपालमा कोभिड-१९ को परीक्षण किन यति सुस्त ?

" /> नेपालमा कोभिड-१९ को परीक्षण किन यति सुस्त ?

"> देशभर १० प्रयोगशालाबाट कोभिड-१९ परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण: Dekhapadhi
देशभर १० प्रयोगशालाबाट कोभिड-१९ परीक्षण गरिँदै, अहिलेसम्म दुई हजार ३६६ को परीक्षण
काठमाडौं। देशभरका १० स्थानबाट कोभिड-१९ को परीक्षण थालिएसँगै पछिल्ला दुई दिनमा तुलनात्मक रूपमा केही तीव्र गतिमा परीक्षण भएको पाइएको छ। सात वटै प्रदेश समेट्ने गरी १० स्थानमा प्रयोगशाला बनाएर कोभिड-१९ को परीक्षण थालिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासहित बागमती प्रदेशमा चार वटा प्रयोगशाला छन् भने बाँकी प्रदेशमा एक-एक वटा प्रयोगशाला स्थापना गरिएको छ।

२४ चैत साँझसम्म एक हजार ८९० जनाको परीक्षण गरिएकोमा पछिल्लो दुई दिनमा ४७६ जनाको परीक्षण गरिएको छ। यससँगै देशभरबाट अहिलेसम्म दुई हजार ३६६ जनाको परीक्षण गरिएको छ, जसमध्ये ९ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ। तीमध्ये एक जनालाई निको भइसकेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ चैतसम्ममा दुई हजार १२२ जनाको परीक्षण गरिएकोमा आज थप २४४ जनाको परीक्षण सकिएको हो। यो परीक्षणमा कसैलाई पनि कोभिड-१९ देखिएको छैन। अहिले देशका विभिन्न अस्पतालमा बनाइएका आईसोलेसन वार्डमा १३४ जना बिरामी राखिएको छ।

यद्यपी उनीहरूलाई कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छैन। उस्तै लक्षण देखिएपछि कोभिड-१९ को आशंकामा आइसोलेसन वार्डमा राखिएको हो। उनीहरूको स्वाबको नमूना परीक्षण गरिँदै छ, जसको रिपोर्ट आउन बाँकी छ।

पढ्नुहोस्

नेपालमा कोभिड-१९ को परीक्षण किन यति सुस्त ?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्