माग घटेपछि ३० चैतबाट भरी सिलिण्डर ग्यास बेचिने

काठमाडौ। खाना पकाउने एलपी ग्यासको बिक्री घटेपछि ३० चैतबाट ग्यास उद्योगहरूले भरी सिलिन्डर ग्यास बेच्ने भएका छन्।

यसअघि नेपाल आयल निगमले ग्यासको अभाव बढेपछि आधा भरेको ग्यास सिलिन्डर बजारमा पठाउन निर्देशन दिएको थियो।

तर, बजारमा ग्यासको माग घटेपछि आज बसेको निगमको सञ्चालक समिति बैठकले भरी ग्यास बेच्न दिने निर्णय गरेको हो।

एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले जतिसक्दो धेरै ग्यास बजार पठाउन यस्तो निर्णय गरिएको बताए।

यसअघि ग्यास नपाएका ग्राहकलाई ग्यास उपलब्ध गराउन आधा सिलिन्डर ग्यास बजार पठाउने निर्णय भएको थियो। हाल अधिकांश ग्राहकले ग्यास पाइसकेका छन्।

भण्डारीका अनुसार अहिलेको समयमा भारतबाट धेरै ग्यास ल्याएर मौज्दात रख्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्