काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न ७७ वटै जिल्लामा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको छ।
मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरि नै कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराए। यसअघि केन्द्रीयस्तरमा कोभिड-१९ सीसीएमसी स्थापना गरिएको थियो।
उनले केन्द्रीय सीसीएमीबाट सशस्त्र प्रहरी बलको अस्पताल र छाउनीस्थित नेपाली सेनाको अस्पतालमा बिरामीलाई राख्ने व्यवस्था पूर्णरूपमा तयार भएको जानकारी दिए। त्यहाँ अहिले १०० भन्दा बढी शय्या र ६ वटा सघन उपचार कक्ष (आईसीयू) तयारी अवस्थामा राखिएको छ।
यसैगरी उनले आठ जना सङ्क्रमितका आफन्त, परिवार र साथीभाइको निगरानी (कन्ट्याक ट्रेसिङ) सकिसकेको जानकारी दिए। उनका अनुसार आजसम्म दुई हजार ३६६ नमूना परीक्षण गरिएको छ तर, नयाँ सङ्क्रमित भेटिएको छैन। रासस
" /> काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न ७७ वटै जिल्लामा कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) स्थापना गरेको छ।मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशभरि नै कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न सेन्टर स्थापना गरिएको जानकारी गराए। यसअघि केन्द्रीयस्तरमा कोभिड-१९ सीसीएमसी स्थापना गरिएको थियो।

">