विराटनगर। प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९८४ रूपैयाँ जम्मा भएको छ।
सरकारको खातामा आज भाटभटेनी सुपर मार्केटको तर्फबाट २५ लाख प्रदान गरिएको छ।
विराटनगरको भाटभटेनीका प्रबन्धक सरिता राईले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई आज २५ लाखको चेक हस्तान्तरण गरेकी हुन्।
त्यस्तै, जिल्ला सहकारी संघ लिमिटेड मोरङले ५ लाख ५५ हजार ५५५ रूपैयाँ हस्तान्तरण गरेको छ।
कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो।
राष्ट्रिय वाणिज्य बैंक विराटनगर शाखाको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१ मा जम्मा गर्न तथा फोन पेबाट पनि रकम जम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ।
प्रदेश सरकारको कोषमा रकम दाखिला गर्दा नाम, ठेगाना स्पष्ट उल्लेख गरी बैंक दाखिला गरेको आवश्यक विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई इमेल गरी पठाउन आग्रह गरेको छ।
कोषमा बैंक, संघसंस्था, उद्योगी, व्यवसायी तथा विभिन्न क्षेत्रका दाताबाट सहयोग जुट्ने क्रम जारी रहेको छ।
" /> विराटनगर। प्रदेश १ को कोरोना जनसुरक्षा कोषमा १२ करोड ३६ लाख ९५ हजार ९८४ रूपैयाँ जम्मा भएको छ।सरकारको खातामा आज भाटभटेनी सुपर मार्केटको तर्फबाट २५ लाख प्रदान गरिएको छ।

">