बुटवल। लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डाइलासिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ।
दुई वर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको अस्पतालले भाेलि, २७ चैतदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकाको वनगाईसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको हो।
नियमितरूपमा मिर्गौलाको डाइलासिस गर्न आउने कतिपय बिरामी लकडाउनका कारण महँगो भाडा तिरेर एम्बुलेन्समार्फत् अस्पताल आउनुपरेको छ भने कतिपय बुटवलमै कोठा भाडामा लिएर बस्न बाध्य छन्।
हप्तामा दुईपटक डाइलासिस गराउनुपर्ने भए पनि कतिपय कपिलवस्तुका बिरामी लकडाउनका कारण अस्पतालमा बस्न बाध्य भएपछि बस सञ्चालन गर्न लागिएको अस्पतालले जनाएको छ।
अस्पतालका अध्यक्ष एजाज आलमले अधिकांश बिरामीले हप्तामा दुई दिन मिर्गौला डायलोसिस गर्नुपर्ने अवस्था भएकाले हरेक साता बिहीबार र सोमबार कोइली वनगाईसम्म बस सञ्चालन गर्न लागिएको जानकारी दिए।
डाइलासिसका लागि बिहान अस्पताल ल्याइएका बिरामीलाई डाइलासिस गरिसकेपछि साँझ वनगाईसम्म छाड्ने व्यवस्था गरिएको अध्यक्ष आलमकाे भनाइ छ। कपिलवस्तुसम्म बस सेवा सञ्चालन हुने भएपछि बुटवलदेखि पश्चिम सैनामैना, सालझण्डी, रुद्रपुरसमेतका सबै बिरामीलाई राहत मिल्ने छ।
हाल बुटवलदेखि पश्चिम कपिलवस्तुसम्मका ६४ बिरामी नियमित डाइलासिसका लागि उक्त अस्पतालमा आउने गरेका छन्। रासस
" /> बुटवल। लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डाइलासिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ।दुई वर्षदेखि नवलपरासीको बर्दघाट, तिलोत्तमाको मणिग्रामसम्म दैनिक निःशुल्क बस सेवा सञ्चालन गर्दै आएको अस्पतालले भाेलि, २७ चैतदेखि कपिलवस्तुको बाणगंगा नगरपालिकाको वनगाईसम्म निःशुल्क बस सञ्चालन गर्ने भएको हो।

">