सर्वदलीय बैठकमा मुख्यमन्त्री पौडेलले भने- ‘लकडाउनमा स्थानीय तहले महत्वपूर्ण भूमिका खेले’
हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले स्थानीय तहले लकडाउनको समयमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

कोरोना भाइरसका नियन्त्रणका लागि मुलुक लकडाउन भएको अवस्थामा स्थानीय तहको भूमिकाको उनले प्रशंसा गरे।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले आयोजना गरेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सम्बन्धी भएको सर्वदलीय बैठकमा सम्बोधन गर्दै उनले स्थानीय सरकारको भूमिकालाई संघ तथा प्रदेश सरकारले मूल्यांकन गरेको बताए।

अहिले विश्वभरी नै चुनौतीका रूपमा फैलिएको महामारीका रूपमा रहेको कोरोना भाइसरलाई पराजित गर्न सबैको साथ हुनुपर्ने बताए।

हाल कोरोना भाइरसबिरुद्ध तीनै तहका नै सरकार लडिरहेको उनले बताए।

कोरोनाविरुद्ध प्रदेशमा सुरक्षा निकाय र स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा खटिरहेको भन्दै  प्रदेशको साधन श्रोत र क्षमता अनुसार काम गरिरहेको उनले बताए।

बैठकमा मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले कोरोनाबाट प्रभावित बनेका दैनिक ज्यालामजदुरी गरेर रोजीरोटी गर्नेको पहिचान गरेर मात्र राहत वितरण गर्नुपर्ने बताए। राहत वितरणमा पहिले भन्दा पनि अब ध्यान दिनु आवश्यक रहेको खतिवडाले बताए।

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले १३ वटै जिल्लाका ११९ वटै स्थानीय तहमा प्रदेश सरकारले कोरोना प्रभावितका लागि खर्च गर्नेगरी रकम पठाइसकेको बताए।

विपद् व्यस्थापन समितिले जिल्लामा पाँच लाख, गाउँपालिकामा १० लाख, नगरपालिकामा १२  लाख, उपमहानगरपालिकामा १५ लाख  र महानगरपालिकामा २० लाखका दरले रकम पठाइसकिएको जानकारी दिए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुणप्रसाद नेपालले प्रदेशभरी दैनिक उपभोग्य सामानको आपूर्तिमा समस्या नपरेको बताए। समस्याको शुरूआत नहुँदै समाधानतर्फ प्रदेश सरकारले कदम चालिरहेको बताए।

सामाजिक विकास मन्त्री युवराज दुलालले कोरोना भाइरसको संक्रमणको आशंका हुने वित्तिकै परीक्षण गर्ने व्यवस्था गरिएको बताए।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस बागमती प्रदेशका नेता ईन्द्रबहादुर बानियाँले राहत वितरणमा एकद्वार हुनुपर्ने बताए।

अहिले दुर्गम र विकट ठाउँमा राहतको आवश्यकता हुन थालेको भन्दै सो स्थानमा पठाउन सुझाव दिए। आपत् विपत्को बेला नेपाली कांग्रेसले सरकारलाई साथ दिने पनि उनको भनाइ छ।

बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भूमि व्यावस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, पूर्वराज्यमन्त्री शेषनाथ अधिकारी, नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका प्रमुख सचिव तोयम राय, नेकपा मकवानपुरका सहइञ्चार्ज रामेश्वर राना, राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारी लगायतको सहभागिता रहेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्