लकडाउन अवधिभर सार्क राष्ट्रमा व्यापार गर्दा उत्पतिको प्रमाणपत्र नचाहिने
काठमाडौ। लकडाउन अवधिभर सार्क राष्ट्रमा व्यापार गर्दा उत्पतिको प्रमाणपत्र नचाहिने भएको छ।

विश्वव्यापी संकटको समयमा गरिने व्यापारलाई सहजिकरण गर्न सार्क राष्ट्रका वाणिज्य सह-सचिवस्तरीय बैठकले यस्तो निर्णय गरेको हो।

हाल नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले उत्पतीको प्रमाणपत्र जारी गर्दै आएका छन्। बस्तु आयात र निर्यात गर्दा उक्त बस्तु कुन ठाउँमा उत्पादन भएको भन्ने विवरण सहितको प्रमाण पेश गर्नुपर्छ।

आज सार्क राष्ट्रका वाणिज्य सहसचिवहरुको भिडियो कन्फ्रेरेन्स बैठकले यस्तो निर्णय गरेको नवराज ढकालले जानकारी दिए। जसअनुसार, अब लकडाउन अवधिभर सार्क राष्ट्र बीच गरिने व्यापारमा उत्पतिको प्रमाणपत्र चाहिदैन।

तर, लकडाउनको अवधिमा आयातरनिर्यात गरिएको सामानको उत्पतिको प्रमाणपत्र लकडाउन खुलेपछि बुझाउनु पर्ने व्यवस्था गरिएको छ। यस्तै आज भएको भिडियो कन्फ्रेरेन्सले उत्पतिको डिजिटल प्रमाणपत्र र फोटोकपी भए पनि आयातरनिर्यात गर्न मिल्ने निर्णय गरेको छ। कन्फेरेन्समा सार्क मुलुकमध्ये पाकिस्तान भने सहभागी भएको थिएन।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्