राहत वितरण व्यवस्थित गर्ने सरकारको अभियानलाई सघाउन मुख्यमन्त्री राईकाे आग्रह <p>विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघसंस्थाहरूले गरिरहेको राहत वितरण व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।</p> <p>आज राजनीतिक दलको संयन्त्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयन्त्रमार्फत् स्थानीय तहसम्म सहजीकरण गर्दा राहत वितरणमा सहयोग पुग्ने बताएका हुन्।</p> <p>नेपाल सरकारको निर्देशिकाअनुसार स्थानीय तहले संयन्त्र बनाएर एकद्वारबाट राहत वितरण गर्नुपर्ने भए पनि विभिन्न सामाजिक संघसंस्थाले वितरण गर्ने क्रम नरोकिएपछि मुख्यमन्त्री राईले दलहरूलाई यस्ताे आग्रह गरेका हुन्।</p> <p>उनले कोरोना भाइरस संक्रमणकाे जाेखिम कम गर्न सरकारले गरेको लकडाउनले विपन्न तथा दैनिक ज्यालादारी मजदुरलाई परेको समस्या समाधानका लागि सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गरिरहेको बताए। त्यसैलाई व्यवस्थित बनाउन दलहरूको पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्