भायनेटको सिस्टममा साइबर हमला, ग्राहकको विवरण ह्याकरको पहुँचमा

काठमाडौं। इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेट कम्युनिकेशन प्रालिकोे सिस्टममा साइबर हमला भएको छ।

ह्याकरले भायनेटको सिस्टम ब्रिज गरेर ग्राहकको नाम, नम्बर र ठेगाना कपी गरेको छ।

आज भायनेटको सिस्टम ह्याक भएको कम्पनीका प्रबन्ध निर्देशक विनय बोहोराले बताए।

उनले भने, “कसैले सिस्टम ब्रिज गरेर ग्राहको नाम, फोन नम्बर र इमेल ठेगाना निकालेको रहेछ। सेक्युरेटी जाँच गरेर कमजोरी पत्ता लगायौ र अहिले समाधान गरिसक्यौं।”

सिस्टम ह्याक भएको कारण नियमित सेवामा कुनै अवरोध नआएको उनले बताए।

“ह्याकरले कुनै क्षति गरेको पाइएन तर, दुःख दिनको लागि मात्रै ग्राहकको विवरण सिस्टममा अगाडि ल्याएर राखिदिएको रहेछ”, बोहोराले भने, “कसले ह्याक गर्‍याे भन्ने बारेमा खोजी गर्न प्रहरीमा भनेका छौं।”

गत २५ फागुनमा फुडमाण्डुको वेबसाइट पनि ह्याक भएको थियो। अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने कम्पनीको वेबसाइट ह्याक गरेर ग्राहकको विवरण चोरी भएको थियो।

अनलाइन सेवा प्रदायक कम्पनीमार्फत ग्राहकको विवरण चोरी हुँदा ती कम्पनीका ग्राहकको व्यक्तिगत सुरक्षामा चुनौति थपिन्छ।

प्रतिक्रिया दिनुहोस्