महान्यायाधिवक्ता कार्यालयद्वारा कोभिड-१९ उपचार कोषमा सात लाख सहयोग
<p>काठमाडाैं। महान्यायाधिवक्ताको कार्यालयले कोभिड-१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सात लाख बढी रकम सहयोग गरेको छ।</p>
<p>महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले स्थापना गरेको उक्त कोषमा सहयोगस्वरूप महान्यायाधिवक्तालगायत उक्त कार्यालयमा कार्यरक्त कर्मचारीले सात लाख १५ हजार ४५५ रूपैयाँ प्रदान गरेको जनाइएको छ।</p>
<p>महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले एक महीनाको तलब बराबरको रकम ६८ हजार ७४१ रूपैयाँ कोषमा सहयोग गरेका छन्। </p>
<p>त्यस्तै राजपत्राङ्कित विशिष्ट तथा प्रथम श्रेणीका कर्मचारीबाट सात दिनको तलब बराबरको रकम, राजपत्राङ्कित द्वितीय तथा तृतीय श्रेणीका कर्मचारीबाट पाँच दिन बराबरको तलब र राजपत्राङ्कित तथा श्रेणीविहीन कर्मचारीबाट तीन दिन बराबरको तलब कोषमा सहयोग गरिएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्