काठमाडौं। बजारमा विषाक्त स्यानिटाइजरको बिक्रीवितरण भइहेको पाइएको छ।
औषधि व्यवस्था विभागले आज सूचना जारी गर्दै मापदण्डविपरित विषाक्त स्यानिटाइजर बिक्रीवितरण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कोरोना भाइरस सर्न नदिन हातमा प्रयोग गरिने स्यानिटाइजरमा आइसोप्रोपाइल अल्कोहल वा इथाइल अल्कोहल हुनुपर्नेमा मिथाइल अल्कोहलबाट बनाइएको भेटिएको विभागले जनाएको छ।
साथै, न्यून गुणस्तरका स्यानिटाइजर पनि बिक्रीवितरण भइरहेको पाइएको विभागको भनाइ छ।
त्यस्ता स्यानिटाइजर बिक्रीवितरण नगर्न बिक्रेता र लेबल यकिन गरेर प्रयोग गर्न उपभोक्तलाई अनुरोध गरिएको छ।
विभागका अुनसार स्यानिटाइजरमा कम्तीमा ७०–८० प्रतिशत इथाइल अल्कोहल वा आइसोप्रोपाइल अल्होकल मात्र हुनुपर्छ।
विभागले स्यानिटाइजमा हुनुपर्ने मापदण्ड यसअघि नै सार्वजनिक गरिसकेको छ।
" /> काठमाडौं। बजारमा विषाक्त स्यानिटाइजरको बिक्रीवितरण भइहेको पाइएको छ।औषधि व्यवस्था विभागले आज सूचना जारी गर्दै मापदण्डविपरित विषाक्त स्यानिटाइजर बिक्रीवितरण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

">