बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिका-३ मा धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।
देशमा कोभिड-१९ को महामारी फैलिन नदिन देशमा लकडाउन भइरहेका बेला यहाँका स्थानीय वासिन्दाले लकडाउन उल्लंघन गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक गणेश बमले उनीहरूलाई पक्राउ गरिएको बताए।
उनका अुनसार छविसपाथिभेरा गाउँपालिका-२ का वडाध्यक्ष विकास ऐडी, ३ का वडाध्यक्ष केशवराज जोशी, ४ का वडाध्यक्ष अम्मरराज थापा र ५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता लोकेन्द्रबहादुर ठगुन्नालाई नियन्त्रणमा लिइएको छ।
त्यस्तै बान्नी मष्टा मन्दिरका पुजारी निर्पप्रसाद जोशी र उनका दुई सहयोगी डम्बरबहादुर धामी, पूजारी जयकृष्ण जोशीलाई, स्थानीय इन्द्रबहादुर सिंह र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको डीएसपी बमले बताए।
उनका अनुसार गाउँपालिका अध्यक्ष अक्कलबहादुर धामी र उपाध्यक्ष राधिका रताला जोशीको समेत खोजी भइरहेकाे छ।
काेभिड-१९ का कारण देश लकडाउन भएको समयमा यहाँका स्थानीय त्यसको बेवास्ता गर्दै २४ चैतमा हजारौको संख्यामा जम्मा भई बझाङको छविसपाथिभेरा गाउँपालिका-३, बान्नीचौरमा मेला सम्पन्न गरेका थिए।
" /> बझाङ। बझाङको छविसपाथिभेरा गाउँपालिका-३ मा धार्मिक मेला बान्नीकी चैतली सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारीसहित ९ जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ।

">