काठमाडौं। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आईजी)सम्मको आउँदो वैशाख महीनाको तलबबाट रकम कट्टा हुने गरेर राहत कोषमा जम्मा गरिने भएको छ।
नेपाल प्रहरीको मानवश्रोत एवं प्रशासन विभागको आर्थिक प्रशासन महाशाखाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने गरी बजेट सञ्चालन गर्न देशभरीका कार्यालयलाई पत्राचार गरेको छ।
नेपाल प्रहरीमा कार्यरत अधिकृतस्तरसम्मका प्रहरी कर्मचारीहरूले प्राप्त गर्ने तलब राष्ट्रिय वाणिज्य बैंकमा रहेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गर्न पत्रमा भनिएको छ।
जम्मा गरिएको रकमको भौचरको प्रतिलिपि प्रहरी प्रधान कार्यालय तथा प्रत्यक्ष मातहत बजेट सञ्चालन गर्ने कार्यालयहरूले सोझै र महानगरीय प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयहरूले मातहतसमेतको एकमुष्ट संकलन गरेर महाशाखामा पठाउन भनिएको छ।
प्रहरी सहायक निरीक्षकको तीन दिनको तलब दुई हजार ६५८, प्रहरी नायब निरीक्षकको तीन दिनको तलब दुई हजार ८२०, प्रहरी निरीक्षकको पाँच दिनको तलब ६ हजार, प्रहरी नायब उपरीक्षकको पाँच दिनको ६ हजार ७३० रूपैयाँ कोषमा जम्मा हुनेछ।
यसैगरी, प्रहरी उपरीक्षकको पाँच दिनको सात हजार २४५, प्रहरी वरिष्ठ उपरीक्षकको सात दिनको एघार हजार ५३, प्रहरी नायब महानिरीक्षकको सात दिनको एघार हजार ९००, प्रहरी अतिरिक्त महानिरीक्षकको सात दिनको १४ हजार १६१ र प्रहरी महानिरीक्षकको सात दिनको १४ हजार १६१ रूपैयाँ राहत कोषमा जम्मा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
" /> काठमाडौं। नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई)देखि प्रहरी महानिरीक्षक (आईजी)सम्मको आउँदो वैशाख महीनाको तलबबाट रकम कट्टा हुने गरेर राहत कोषमा जम्मा गरिने भएको छ।नेपाल प्रहरीको मानवश्रोत एवं प्रशासन विभागको आर्थिक प्रशासन महाशाखाले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गर्ने गरी बजेट सञ्चालन गर्न देशभरीका कार्यालयलाई पत्राचार गरेको छ।

">