इटहरी। भारतमा कोरोना भाइरस संक्रमितका बिरामी थपिएसँगै खुला सीमानाका कारण बढेको जोखिम नियन्त्रण गर्न प्रदेश १ मा सशस्त्र प्रहरी बलको १५१ क्याम्प स्थापना गरिएको छ।
सीमामा आवतजावत अझै नरोकिएकोले थप सतर्कता बढाउन नयाँ पोष्ट थपिएको हो।
केही दिनअघि झापा, मोरङ र सुनसरीका सुरक्षाा अधिकारीको संयुक्त बैठकले सीमामा सुरक्षाा निगरानी बढाउने निर्णय गरेको थयो।
कोभिड-१९ फैलिन नदिन भारतबाट आएकाहरूलाई अनिवार्य क्वारेन्टाइनमा बस्न निगरानी गर्ने साथै सीमामा चहलपहल बन्द गराउन सुरक्षा क्याम्प राखिएको सशस्त्र प्रहरी बराह बाहिनी मुख्यालय पकलीका सशस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक नगेन्द्र थापाले बताए।
थपिएका सीमा सुरक्षा क्याम्पहरूमा सुनसरीमा ५१, इलाममा ७ , झापामा ५८ , मोरङमा ३५ वटा छन्।
त्यस्तै खुला सीमानामा अवैध बाटोबाट लुकिछिपि ओहोरदोहोर गर्नसक्नेप्रति सतर्क रहँदै टेण्ट टाँगेर गस्ती पनि बढाइएको छ।
" /> इटहरी। भारतमा कोरोना भाइरस संक्रमितका बिरामी थपिएसँगै खुला सीमानाका कारण बढेको जोखिम नियन्त्रण गर्न प्रदेश १ मा सशस्त्र प्रहरी बलको १५१ क्याम्प स्थापना गरिएको छ।सीमामा आवतजावत अझै नरोकिएकोले थप सतर्कता बढाउन नयाँ पोष्ट थपिएको हो।

">