कोभिड-१९ को उपचारका लागि सैनिक र सशस्त्र प्रहरी अस्पतालमा बन्दैछन् यी पूर्वाधार

काठमाडौं। कोभिड-१९ को बिरामी उपचार गर्न वीरेन्द्र सैनिक अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा पूर्वाधारहरू थपिएका छन्।

कोभिड-१९ क्राइसिस मेनेजमेन्‍ट सेन्टर (सीसीएमसी) का अनुसार सैनिक अस्पतालमा आइसीयूसहितका २० बेड निर्माण भइरहेको छ।

त्यहाँ ८० बेडको आइसोलेसन वार्ड र २० बेडको हाइ केयर युनिट (एचसीयू) तयार गरिसकिएको छ।

त्यस्तै सशस्त्र प्रहरी बल अस्पतालमा २० बेड आइसीयमध्ये छ वटा निर्माण सकिसकिएको छ। ६० वटा आइसोलेसन बेड र क्वारेन्टाइनका लागि ६० वटा साधारण बेड तयार हुने क्रममा रहेको छ।

दुवै अस्पतालमा १० दिनमा बेड निर्माण कार्य सकिने हिजो, २६ चैतमा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्