'लकडाउन लन्च'ले खोस्यो मन्त्री पद
<p>जोहानेसबर्ग। सरकारले लगाएको लकडाउनको नियम उल्लंघन गर्ने दक्षिण अफ्रिकाकी एक मन्त्री निलम्बित भएकी छन्।</p>
<p>सरकारले जारी गरेको लकडाउनको नियमविपरित स्टेला एन्दाबेनी अब्राहम्स नामक ती मन्त्रीले एक साथी सांसदसँग लन्च गर्दै गरेको तस्वीर सामाजिक सञ्‍जालमा राखेकी थिइन्।</p>
<p>समाचार एजेन्सीहरूका अनुसार सामाजिक सञ्‍जालमा उनको चर्को आलोचना भएपछि सरकारले निलम्बन गर्ने निर्णय लिएको हो।</p>
<p>अब्राहम्सको तस्वीर सामाजिक सञ्‍जालमा भाइरल भएपछि राष्‍ट्रपति सिरिल रामाफोसाले उनको ‘लकडाउन लन्च’ महँगो पर्ने चेतावनी दिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्