बिरामी बोक्न अटेर गर्ने एम्बुलेन्सलाई कारवाही गरिने
<p>मेलम्ची। बिरामी बोक्न नमान्ने एम्बुलेन्सको अनुमति रद्द गरिने भएको छ।</p>
<p>कतिपय एम्बुलेन्सले ज्वरो आएका र कोभिड-१९ को आशंका गरिएका बिरामी बोक्न नमानेकाले प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेको अध्यक्षतामा बसेको जिल्लास्तरीय खोज तथा उद्धार समिति (पिआरटी) को बैठकले त्यस्ता एम्बुलेन्सलाई कारवाहीको सिफारिस गरेको हो।</p>
<p>सँगै प्रहरीले जिल्लामा संचालनमा रहेका एम्बुलेन्सहरूको विवरण संकलन थालेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्