लकडाउनमा काठ तस्करी गर्ने पक्राउ
<p>कैलाली। लकडाउनको मौका छोपी काठ तस्करी गरिरहेको अवस्थामा एक सय २१ क्युफिट चिरान काठसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>बुधबार साँझ कैलालीको गोदावरी नगरपालिका १२ हलौडेमा स्थानीय नरिबहादुर साउदले आफ्नो घरमा अवैध काठ चिरान गरिरहेको सूचना आएपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट गएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।</p>
<p>जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी दक्षकुमार बस्‍नेतका अनुसार साउदलाई चिरान काठ र गोलियासहित थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय धनगढीमा बुझाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्