यमनमा युद्धविराम घोषणा <p>साना। युद्धग्रस्त पश्चिम एसियाली मुलुक यमनमा युद्धविराम घोषणा भएको छ। त्यहाँका हुथी विद्रोहीसँग लडिरहेको साउदी अरेबिया नेतृत्वको गठबन्धनले युद्धविराम घोषणा गरेको हो।</p> <p>बीबीसीका अनुसार आजैदेखि लागू हुने गरी युद्धविराम घोषणा भएको हो। यो पाँच वर्षदेखि युद्धग्रस्त मुलुकमा हिंसाको चपेटा अन्त्य गर्ने संयुक्त राष्ट्रसंघको प्रयासको पछिल्लो कडी भएको गठबन्धनको भनाइ छ।</p> <p>मार्च २०१५ देखि साउदी अरेबिया नेतृत्वको गठबन्धन हुथी विद्राहीविरुद्ध लडिरहेको छ। तर, हुथी विद्रोही समूहले त्यसबारे कुनै प्रतिक्रिया जनाएको छैन।</p> <p>गत महिना संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले युद्धरत दुवै पक्षलाई युद्धविराम गर्न र कोरोना भाइरस संक्रमणविरुद्धको लडाईंमा साथ दिन आग्रह गरेका थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्