काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया अंशु सापकोटासँग टेलिफोनमा कुरा गरेका छन्।
गुरुङले आज बिहान सापकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अंशुले मुख्यमन्त्रीसँग आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन्।
उपचारमा संलग्‍न चिकित्सकसँग नियमित सम्पर्क भइरहेको भन्दै मुख्यमन्त्री गुरुङले नआत्तिन अंशुलाई ढाडस दिएका छन्।
चिकित्सकहरूले दिइरहेको उपचार सेवाबारे पनि मुख्यमन्त्रीले जिज्ञासा राखेका छन्।
"आनन्दले बस्‍नुहोला। मैले डाक्टरसँग पनि कुरा गरेको छु। पानी पर्याप्‍त खानुहोला", २ मिनेट २३ सेकेण्डको कुराकानीमा गुरुङले भनेका छन्, आत्तिनुपर्दैन निको हुन्छ। तीन/चार पटक टेष्‍ट गर्नुपर्छ। १४ दिनमात्र हैन अरू तीन/चार दिन बस्‍नुपर्छ। रोग निख्रिदैँ जान्छ।"
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गुरुङ र सापकोटाबीचको टेलिफोन संवादको भिडिओ फेसबुकमा राखेका छन्।
गुरुङले भनेका छन्, "मन दर्‍हो बनाउनुहोला। युरोपतिर पनि मानिसहरू निको भइराखेका छन्। म बेलाबेलामा फोन गर्छु। डाक्टहरूसँग पनि मेरो कुरा भइराको छ। उहाँहरूले राम्रो छ प्रगति भइराखेको छ भन्नुभाको छ।"
पढ्नुहोस्:
कोरोना संक्रमित अंशु भन्छिन्- ‘संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार नगर्नुस्’
" /> काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया अंशु सापकोटासँग टेलिफोनमा कुरा गरेका छन्।
गुरुङले आज बिहान सापकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अंशुले मुख्यमन्त्रीसँग आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन्।
उपचारमा संलग्‍न चिकित्सकसँग नियमित सम्पर्क भइरहेको भन्दै मुख्यमन्त्री गुरुङले नआत्तिन अंशुलाई ढाडस दिएका छन्।
चिकित्सकहरूले दिइरहेको उपचार सेवाबारे पनि मुख्यमन्त्रीले जिज्ञासा राखेका छन्।
"आनन्दले बस्‍नुहोला। मैले डाक्टरसँग पनि कुरा गरेको छु। पानी पर्याप्‍त खानुहोला", २ मिनेट २३ सेकेण्डको कुराकानीमा गुरुङले भनेका छन्, आत्तिनुपर्दैन निको हुन्छ। तीन/चार पटक टेष्‍ट गर्नुपर्छ। १४ दिनमात्र हैन अरू तीन/चार दिन बस्‍नुपर्छ। रोग निख्रिदैँ जान्छ।"
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गुरुङ र सापकोटाबीचको टेलिफोन संवादको भिडिओ फेसबुकमा राखेका छन्।
गुरुङले भनेका छन्, "मन दर्‍हो बनाउनुहोला। युरोपतिर पनि मानिसहरू निको भइराखेका छन्। म बेलाबेलामा फोन गर्छु। डाक्टहरूसँग पनि मेरो कुरा भइराको छ। उहाँहरूले राम्रो छ प्रगति भइराखेको छ भन्नुभाको छ।"
पढ्नुहोस्:
कोरोना संक्रमित अंशु भन्छिन्- ‘संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार नगर्नुस्’
"> कोरोना संक्रमित अंशुलाई मुख्यमन्त्रीले फोन गरेर भने- 'नआत्तिनुस् ठीक हुन्छ' (भिडिओसहित): Dekhapadhi
कोरोना संक्रमित अंशुलाई मुख्यमन्त्रीले फोन गरेर भने- 'नआत्तिनुस् ठीक हुन्छ' (भिडिओसहित)
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरी अस्पतालमा उपचाररत् कोरोना भाइरस संक्रमित बागलुङ नगरपालिका-४ की १९ वर्षीया अंशु सापकोटासँग टेलिफोनमा कुरा गरेका छन्।
गुरुङले आज बिहान सापकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्। अंशुले मुख्यमन्त्रीसँग आफ्नो स्वास्थ्य ठिकै रहेको बताएकी छन्।
चिकित्सकहरूले दिइरहेको उपचार सेवाबारे पनि मुख्यमन्त्रीले जिज्ञासा राखेका छन्।
मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले गुरुङ र सापकोटाबीचको टेलिफोन संवादको भिडिओ फेसबुकमा राखेका छन्।
पढ्नुहोस्:
कोरोना संक्रमित अंशु भन्छिन्- ‘संक्रमण देखिने बित्तिकै सामाजिक बहिष्कार नगर्नुस्’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्