“विमानमा पनि संक्रमित भएको व्यक्ति बसेको सिटको कति अगाडि र कति पछाडि, दाया र बायाँ कति मानिस थिए भन्ने हुन्छ”,उनले भने, “हामीले मापदण्डभन्दा पनि धेरै संख्यामा ट्रेसिङ गरेका छौं।”
स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डे पनि संक्रमितको 'कन्टयाक्ट ट्रेसिङ' सकिए पनि भारतबाट आएका दुईजना संक्रमितको ट्रेसिङमा केही कम रहेको बताउँछन्।
“उनीहरू नेपाल आइसकेपछि त कसैको कन्टयाक्टमा आएनन् होला।”, उनले भने,“तर भारतबाट फर्किँदा उनीहरू चढेकै रेलमा नेपाली पनि थिए होलान्। ती मानिसहरू कहाँ गए भन्ने हो। उनीहरूमा पनि संक्रमण छ भने त्यसबाट अन्यत्र सर्न सक्छ। त्यसैले अहिले जोखिम बढी देखिएको सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा राखेर परीक्षण धेरै गर्नुपर्छ।”
भारतबाट उनीहरू फर्किदा सीमा क्षेत्रमा हजारौं मानिसहरू घर फर्किरहेका थिए।
उत्तराखण्डबाट आएका कञ्चनपुरका युवक सीमामा आवागमन बन्द भएपछि महाकाली नदी तरेर ब्रह्मदेवको बाटो भएर फर्किएका थिए।
उनलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखेको थियो।
ती युवक आउँदा उनीसँगै कति मानिस त्यसरी आए भन्ने खुलेको छैन। सशस्त्र प्रहरीले ब्रम्हदेवबाट गाडीमा ल्याएर ती युवालाई क्वारेन्टाइनमा राखेको थियो।
उनमा कोरोना संक्रमण पुष्टि भएपछि ती सशस्त्र प्रहरीका सबै कर्मचारीलाई क्वारेन्टाइनमा राखिसकिएको छ।
तर, मुम्बईबाट फर्किएका कैलाली लम्कीका युवक फर्किने क्रममा घर फर्किएका अन्य नेपालीहरूको पनि गौरिफन्टा नाकामा भीड लागेको थियो।
उनी त्यही भीडमा भएका कारण ती मानिस कहाँ पुगे भन्ने अहिले यकिन हुन सकेको छैन।
उपत्यकाका क्षेत्रमा भने जोखिम विस्तारै कम हुँदै गएको पाण्डेको आँकलन छ।
४ चैतमा कतार एअरवेज विमानबाट आएकी दोस्रो संक्रमित युवती आएको पनि २३ दिन पुगिसकेको छ।
उनी संक्रमित भएपछि उपत्यकाबाट थप केस देखिएको छैन।
सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका नेपालीहरूको संख्या ठूलो भएकाले त्यहाँ चुनौती देखेरै मन्त्रालयले क्वारेन्टाइनमा राख्ने, निगरानी गर्ने र र्यापिड टेष्टको कामलाई बढाएको छ।
कैलाली, कञ्चनपुर, अछाम, डोटीलगायतका क्षेत्रमा दुई हजारभन्दा बढीको नमूना संकलन गरिसकेको छ।
मन्त्रालयले धनगढीमा यसअघि पोर्टेबल पीसीआर मेसिन जडान गरेको थियो। आजदेखि त्यहाँ आरटीपीसीआर मेसिनबाट पनि परीक्षण थालिएको छ।
विश्व स्वास्थ्य संगठनले अवलम्बन गरेको विधि अनुसार अब नेपालमा टेस्टिङ (परीक्षण गर्ने) र ट्रिटमेन्ट (उपचार गर्ने) लाई द्रुत गतिमा लैजानु पर्ने हुन्छ।
यी तीन विषयमा प्रभावकारी कदम चाल्न सके नियन्त्रण गर्न सकिने डब्लुएचओको सुझाव छ।
यति मात्रै होइन कतिपयमा दुईतीन पटकको परीक्षणमा रिपोर्ट नेगेटिभ देखिए पनि त्यसपछि फेरि पोजेटिभ देखिने सम्भावनाप्रति पनि सतर्क रहनुपर्ने विज्ञहरू बताउँछन्।
विश्व स्वास्थ्य संगठनका अनुसार परीक्षण जति धेरै गर्न सक्यो कोभिड-१९ रोकथाम तथा नियन्त्रण त्यति नै प्रभावकारी हुन्छ।
" />“विमानमा पनि संक्रमित भएको व्यक्ति बसेको सिटको कति अगाडि र कति पछाडि, दाया र बायाँ कति मानिस थिए भन्ने हुन्छ”,उनले भने, “हामीले मापदण्डभन्दा पनि धेरै संख्यामा ट्रेसिङ गरेका छौं।”

">