काठमाडौं। लकडाउनका कारण काठमाडौं उपत्यका क्षेत्रमा डेरा गरेर बसेकाहरूलाई असहज भएको भन्दै सरकारले घर फर्किन दिने निर्णय गरेको छ।
रक्षा मन्त्रालयमा कोभिड-१९ राेकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्रीका प्रेस संयोजक लोकेन्द्र केसीका अनुसार स्थानीय तहसँगको समन्वयका आधारमा उनीहरूलाई घर जान दिने निर्णय भएको हो।
उपप्रधानमन्त्री एवं रक्षामन्त्रीसहित, गृहमन्त्री, परराष्ट्रमन्त्री, स्वास्थ्यमन्त्री, पर्यटनमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहितको बैठकले यस्तो निर्णय गरेको हो।
“फर्किन चाहनेहरूले स्थानीय तहसँग समन्वय गरेर निश्चित सवारी व्यवस्थापन मिलाएर जान दिने निर्णय भएको छ”, केसीले भने।
उपत्यका क्षेत्रमा डेरा गरेर बसिरहेका विद्यार्थी, मजदुर लगायतलाई समस्या हुन थालेपछि उनीहरू घर फर्किन चाहेमा जान दिने विषयमा सरकारले यस्तो निर्णय गरेको हो।
यो दुई दिनको अवधिमा काठमाडौं उपत्यकाभित्र आउन भने पाइने छैन।
" /> काठमाडौं। लकडाउनका कारण काठमाडौं उपत्यका क्षेत्रमा डेरा गरेर बसेकाहरूलाई असहज भएको भन्दै सरकारले घर फर्किन दिने निर्णय गरेको छ।रक्षा मन्त्रालयमा कोभिड-१९ राेकथाम उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा बसेको बैठकले भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय गरेको हो।

">