तातोपानी नाकाबाट भित्रियाे मास्क र स्यानिटाइजर
काठमाडाैं। तीन महीनादेखि बन्द तातोपानी नाकाबाट कोभिड-१९ सम्बन्धी स्वास्थ्य सामग्री नेपाल भित्रिएको छ।

चीनको खासाबाट नेपाल भित्रिएका सामानमा १९ बाकस मास्क र १० बाकस स्यानिटाइजर रहेको तातोपानी भन्सार कार्यालयले जनाएको छ।

चीनको हुबेई प्रान्तको वुहान शहरमा गत डिसेम्बर अन्तिममा शुरू भएको काेभिड-१९ का कारण १३ माघदेखि उक्त नाका बन्द भएको थियो।

१५  माघमा नाकामा स्वास्थ्य सहायता कक्ष राखिए पनि भरपर्दो नभएको जनगुनासो बढेपछि भोटेकोशी गाउँपालिकाले विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सामान उपलब्ध गराएको थियो।

हाल एक  चिकित्सकसहित तीन स्वास्थ्यकर्मी रहने गरी कक्ष सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बताए।

ती सामान पहिले नै चीनको खासामा आएर रोकिएको थियो। अत्यावश्यक सामान विशेष सतर्कता अपनाई चीनबाट झिकाउन पाउनुपर्छ भन्ने मान्यता राखी सबै पक्षसँग समन्वय गरिएकाले अन्य सामान पनि आयात हुने अध्यक्ष पौडेलकाे भनाइ छ।

झिकाइएका सामान र भन्सार क्षेत्रमा कीटनाशक औषधि छर्कनाका साथै संक्रमणबाट जोगिन विशेष सतर्कता अपनाइएको सीमा सुरक्षा सशस्त्र प्रहरी गुल्मका प्रहरी नायव उपरीक्षक हरिबहादुर थापाले बताए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्