कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट आउने तरकारी तथा फलफूलमा रोक लगाएको छ।
लकडाउनका बेला भारतबाट आउने तरकारीसँगै मानिसहरू पनि आउने हुँदा त्यसले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै प्रशासनले भारतबाट आउने तरकारी तथा फलफूलमा रोक लगाएको हो।
लकडाउनका बेला स्थानीय कृषकले उत्पादन गरेको तरकारी खेर गइरहेकोले भारतबाट आउने तरकारीमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्ययले जारी गरेको सूचनामा उल्लेख छ।
अब २८ चैतदेखि भारतबाट तरकारी तथा फलफूल आयात गर्न पाइनेछैन। यो अवधिमा स्थानीय उत्पादनलाई प्राथमिकता दिई बजारसम्म पुर्याउन सहजिकरण गरिने जनाइएको छ।
लकडाउनको समयमा कञ्चनपुरका स्थानीय कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल खेर फाल्ने पर्ने अवस्था आएपछि कृषक चिन्तित बनेका थिए।
स्थानीय प्रशासनको यो निर्णयसँग किसानलाई केही राहत मिल्ने देखिएको छ।
" /> कञ्चनपुर। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भारतबाट आउने तरकारी तथा फलफूलमा रोक लगाएको छ।लकडाउनका बेला भारतबाट आउने तरकारीसँगै मानिसहरू पनि आउने हुँदा त्यसले कोरोना भाइरसको जोखिम बढ्ने भन्दै प्रशासनले भारतबाट आउने तरकारी तथा फलफूलमा रोक लगाएको हो।

">