सुदूरपश्चिम प्रदेशः स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई १५ लाखकाे बीमा

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिममा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई १५ लाखकाे बीमाकाे व्यवस्था गर्ने निर्णय गरेकाे छ।

आज बसेकाे सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीकाे हकमा थप १५ लाखकाे बीमा गर्ने निर्णय गरेकाे हाे। यसअघि संघीय सरकारले उनीहरूलाई २५ लाखकाे बीमाकाे व्यवस्था गर्ने निर्णय गरिसकेकाे छ।

यस्तै मन्त्रिपरिषद्काे बैठकले अतिविपन्न , असहाय र ज्यालादारी मजदुरका परिवारका लागि तीन हजारका दरले १६ करोड रूपैयाँ स्थानीय तहमार्फत् राहत सहयोग गर्ने निर्णय गरेकाे प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने, सबै जिल्ला प्रशासन कार्यालयलाई पाँच लाखका दरले तथा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि १५ लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरिएकाे छ।

प्रदेश सरकारले कोभिड-१९ उपचार कोष सञ्चालन निर्देशिका र राहत वितरण मापदण्डसमेत बैठकले पारित गरेको बताउँदै मन्त्री शाहले प्रदेशमा फागुन मसान्तसम्म तिर्नुपर्ने कर, शुल्क र दस्तुरको अवधि वैशाख मसान्तसम्म थप गर्ने निर्णय भएको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्