काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भएको छ।
उपमहानगरले कोभिड-१९ सन्त्रासका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेको हो।
नगर प्रमुख द्वारिकलाल चौधरीले क्वारेन्टाइनमा खटिने डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई उनीहरूले खाइपाइ आएको तलब बराबरकै जोखिम भत्ता दिने निर्णय गरेका हुन्।
यसैगरी, इटहरी अस्पताल र स्वास्थ्य संस्थाहरूमा खटिने स्वास्थ्यकर्मी लगायतलाई ७५ प्रतिशत र प्रशासनका कर्मचारीलाई ५० प्रतिशत भत्ता दिने निर्णय समेत भएको नगर उपप्रमुख लक्ष्मी गौतमले बताइन्।
" /> काठमाडौं। सुनसरीको इटहरी उपमहानगरपालिकाले स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने भएको छ।उपमहानगरले कोभिड-१९ सन्त्रासका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय गरेको हो।

">