प्रभु बैंकद्वारा सुदूरपश्चिमका १० स्थानीय तहलाई खाद्यान्‍न सहयाेग <p>कैलाली। प्रभु बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश कार्यालयले स्थानीय तहलाई खाद्यान्न सहयोग गरेको छ।</p> <p>बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेश कार्यालयबाट सुदूरपश्चिमका १० वटा स्थानीय तहमा पाँच लाख रूपैयाँ बराबरको खाद्यान्न सामग्री हस्तान्तरण गरेको बैंकका सुदुरपश्चिम प्रमुख नन्दराज जोशीले बताए।</p> <p>उनका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, टीकापुर नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका, बर्दगोरिया गाउँपालिका, कमलबजार नगरपालिका, साँफेबगर नगरपालिका र नवदुर्गा गाउँपालिकालाई खाद्यान्न हस्तान्तरण गरिएको हाे।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्