काठमाडाैं। गत २१ चैत दिउँसो काठमाडौंको सिभिल हस्पिटलमा एकजना बिरामी आए। उनी सीधै डा. महेश कोइरालालाई भेट्न पुगे। हस्पिटलको प्राङ्गणमै ज्वरो तथा रुघाखोकीका बिरामीको जाँच गर्न टेन्ट खडा गरिएको छ। त्यहीँ खटिएका थिए डा. कोइराला।
ती बिरामीले शुरूमा डाक्टरलाई आफूलाई ज्वरो आएको मात्र बताए। जाँच गर्दा उनमा खासै ठूलो समस्या पनि देखिएन। डाक्टरले सामान्य सल्लाह सुझाव दिए। एकाएक ती व्यक्तिले दिएको जानकारी सुनेपछि डाक्टर कोइराला नै तर्सिए।
उनले भनेका थिए, “म विदेशबाट भर्खरै आएको व्यक्तिको सम्पर्कमा रहेको थिएँ। एक्कासि ज्वरो आयो। कतै मलाई कोरोनाको संक्रमण त हुँदैन ?”
डाक्टर कोइरालाको मनमा पनि चिसो पस्यो। ज्वरो आएको मात्रै भनेकाले डाक्टरले उनीसँग कुनै दूरी कायम गरेका थिएनन्। न त विशेष ध्यान नै दिएका थिए।
“बिरामी आउनु भयो। शुरूमा ज्वरोको मात्र कुरा गर्नुभयो। परीक्षण गरें। सबै कुरा भयो। सामान्य कुरा गर्दागर्दै उहाँले यस्तो कुरा निकाल्नुभयो। शुरूमै भनिदिनुभएको भए सुरक्षामा बढी ध्यान दिन्थ्यो नि। यो अवस्था भनेको त सबैका लागि घातक हुन सक्छ” डा. कोइरालाले सुनाए।
काम गर्न गाह्रो नभए पनि बिरामीले शुरूमै सबै जानकारी नदिँदा चिन्ता बढाउने गरेको कोइरालाको भनाइ छ।
निदान अस्पतालमा कार्यरत डा. सन्तोष थापा पनि डा. कोइरालाको भनाइ शर्मा समर्थन गर्छन्। बिरामीले आफ्नो पछिल्लो भेटघाट, सम्पर्क र आफूलाई लागेको शंका शुरूमै भनिदिए उपचारमा सहज हुने उनले बताए।
“अहिलेको मुख्य चुनौतीका रूपमा देखिएको विषय हो यो। हामी उपचारमा संलग्न हुँदा कस्तो खालको सुरक्षा सतर्कता अपनाउने भन्नेमा पहिला नै प्रष्ट हुन पाए सहज हुने थियो”, थापाले थपे।
अहिलेको अवस्थामा बिरामीले आफ्नो पछिल्लो हिस्ट्री पहिला नै जानकारी गराए उपचारमा सहज हुने बताउँछिन् सिभिल हस्पिटलकी इन्फेक्सन कन्ट्रोल नर्स ज्वाला ढकाल।
पर्याप्त पीपीई नभएकाले सबैको जाँच गर्दा एउटै सावधानी अपनाउन नसकिने बताउँछिन् उनी। भन्छिन्, “शंका कम भएका व्यक्तिलाई चेक जाँच गर्दा त्यहीअनुसारको सुरक्षा अपनाउन सकिन्छ। अलि शंका भएको व्यक्तिको त्यही प्रकारले सुरक्षा अपनाउनुपर्ने हुन सक्छ।”
हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पतालका नर्सिङ निर्देशक भारती भेटवाल सापकोटा पनि अहिले स्वास्थ्यकर्मीका लागि बिरामीको निकट इतिहास थाहा नुहुनु समस्या भएको बताउँछिन्। तर, यसो भन्दैमा स्वास्थ्यकर्मीले आफ्नो दायित्वबाट पन्छिन नमिल्ने भएकाले पूर्व सतर्कता अपनाउन उनी सुझाव दिन्छिन्।
“कुनै पनि बहानामा स्वास्थ्यकर्मी पन्छिन मिल्दैन। त्यसैले कुनै पनि नयाँ बिरामी आउँदा उनीहरूसँग कुरा गर्दा र उनीहरूको परीक्षण गर्दा न्यूनतम सुरक्षा अपनाउनुपर्छ”, सापकोटाले थपिन्।
" /> काठमाडाैं। गत २१ चैत दिउँसो काठमाडौंको सिभिल हस्पिटलमा एकजना बिरामी आए। उनी सीधै डा. महेश कोइरालालाई भेट्न पुगे। हस्पिटलको प्राङ्गणमै ज्वरो तथा रुघाखोकीका बिरामीको जाँच गर्न टेन्ट खडा गरिएको छ। त्यहीँ खटिएका थिए डा. कोइराला।ती बिरामीले शुरूमा डाक्टरलाई आफूलाई ज्वरो आएको मात्र बताए। जाँच गर्दा उनमा खासै ठूलो समस्या पनि देखिएन। डाक्टरले सामान्य सल्लाह सुझाव दिए। एकाएक ती व्यक्तिले दिएको जानकारी सुनेपछि डाक्टर कोइराला नै तर्सिए।

">