काठमाडौं। लकडाउनका कारण घरमै रहेकी नायिका स्वेता खड्काले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैले घरबाटै युद्ध लड्नुपर्ने बताएकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश दिँदै उनले भनिन्, “कोरोना भाइरसबाट बच्न म मेरो घरबाटै युद्ध लडिरहेकी छु। हामी सबैले राम्रोसँग नियम पालना गर्यौं भने यो त्यति ठूलो युद्ध होइन्। तर, यसको लागि हामीले शारीरिक रूपमा भिड्न जरुरी छ। भावनात्मक रूपमा भने पक्कै होइन्।”
जीवन रहे मात्र भोलिको दिन देख्न पाइने भन्दै उनले भिडिओ सन्देशमा भनेकी छन्, “जीवन अनमोल छ। जीवन रहेमात्र भोलिको दिनहरु देख्न पाउँनेछौं।”
यसबाट बच्नको लागि सरकारले घोषणा गरेको नियम राम्रोसँग पालना गर्न सबैमा अनुरोध समेत गरेकी छन्।
नियमको पालना गरेर चाँडै भाइरसलाई हटाइदिन आग्रह गर्दै भनिन्, “यो कोरोना भाइरसबाट मुक्ति पाउनका लागि हामी सबैले आ-आफ्नो ठाउँबाट सचेत हुनु जरुरी छ। र, आफूले जानेको कुरा अरुलाई सिकाउनु पनि जरुरी छ। म मनदेखि आह्वान गर्न चाहन्छु, कोरोना भाइरसको युद्धमा हामी सबै मिलेर राम्रोसँग पालना गरेर मुक्ति पाउँ। यो भाइरसलाई छिटो भन्दा छिटो हटाइदिउँ।”
घरबाट बाहिर निस्किदा सामाजिक दूरी कामय गर्न सबैमा अनुरोध समेत गरेकी छन्। “घरबाट बाहिर निस्किदाखेरी मास्क, स्यानिटाइजर र ग्लोब्सको राम्रोसँग प्रयोग गरौँ। कुनै पनि काममा तरकारी किन्दा या औषधि किन्दा या अत्यावश्यक कामले बाहिर जानुहुन्छ भने सामाजिक दूरी बढाऔँ। सामान्यतया तीन फिटको दुरीमा रहौँ।”
कसैले ह्याच्छु गरेको वा ज्वरो आएको व्यक्तिहरू देखे उनीहरूबाट टाढा रहन पनि उनले अपील गरेकी छन्।
“तपाईं हामीले मनदेखि पालना गर्यौं भने यो त्यति ठूलो युद्ध होइन्। हामीले सजिलै जित्न सक्छौँ। त्यसैले सकेसम्म घरभित्रै बसौँ। र, निस्किनै पर्यो भने सरकारले लागू गरेको नियमलाई राम्रोसँग पालना गरौँ”, नायिका खड्काले भनेकी छन्।
" /> काठमाडौं। लकडाउनका कारण घरमै रहेकी नायिका स्वेता खड्काले विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सबैले घरबाटै युद्ध लड्नुपर्ने बताएकी छिन्।सामाजिक सञ्जाल फेसबुकमा भिडिओ सन्देश दिँदै उनले भनिन्, “कोरोना भाइरसबाट बच्न म मेरो घरबाटै युद्ध लडिरहेकी छु। हामी सबैले राम्रोसँग नियम पालना गर्यौं भने यो त्यति ठूलो युद्ध होइन्। तर, यसको लागि हामीले शारीरिक रूपमा भिड्न जरुरी छ। भावनात्मक रूपमा भने पक्कै होइन्।”

">