कैलाली। लकडाउनपछि काठमाडौं र सोलखुम्बुबाट पैदल हिँडेका ३१ जना आज कैलाली पुगेका छन्।
यसरी कैलाली पुग्नेमा सोलुखुम्बुबाट १५ र काठमाडौंबाट १६ जना रहेका छन्। उनीहरूमध्ये कैलालीको घोडाघोडी नगरपालिकाका १४, भजनी नगरपालिकाका १०, टीकापुरका २, बर्दगोरिया गाउँपालिकाका ३, धनगढी र जोशीपुरका एक एकजना रहेका छन्।
सोलुखुम्बुबाट हिँडेर चार दिनमा काठमाडौं पुगेका १५ जनासहित ३१ जना काठमाडौंबाट पैदल तथा केही ठाउँमा गाडी चढेर कैलाली पुगेका हुन्।
सोलुखुम्बुको लिखुपिके गाउँपालिकामा जलविद्युत आयोजनाको ड्याम बनाउने कार्यमा संलग्न कैलालीका १५ जना मजदुर लकडाउनमा फसेपछि हिँडेर कैलाली पुगे।
धनगढी उपमहानगरपालिका वडा नम्बर–१७ धुर्जन्नाको मुक्त कमैया शिविरका कालिचरण चौधरीले माघमा घोडाघोडी नगरपालिकाका चिनजानका व्यक्तिहरूसँगै सोलुखुम्बु पुगेको बताए।
उनले सरकारले १० चैतदेखि लकडाउन गरेपछि जलविद्युत परियोजनाको काम पनि बन्द हुँदा घर फर्किनु परेको बताए।
“१८ गतेसम्म पनि लकडाउन नखुलेपछि हामीहरूले आयोजनाका कर्मचारीलाई सम्पर्क गरेर अब घर जाने व्यवस्था गरिदिनुपर्यो भनेर भन्यौँ। शुरूमा आयोजनाका कर्मचारीले केही दिनमा काम शुरू हुने भन्दै घर नजान आग्रह गरे”, उनले भने, “पछि उनले बोली फेरे। काम शुरू नहुने भन्दै आयोजनाका कर्मचारीले घर पुर्याउने आवश्वासन दिए। तर, त्यसपछि वास्ता गर्न छोडे। काम नभए पारिश्रमिक नदिने भनेपछि हिँड्यौँ।”
त्यसपछि भोकभोकै मर्नुभन्दा घर फर्किन वेश ठानेर हिँडेको मजदुरहरू बताउँछन्।
उनीहरूले आफ्नो समस्या स्थानीय गाउँपालिकाका प्रतिनिधिसमक्ष राखे। जनप्रतिनिधिले सबै कामदारको नामावली संकलन भइरहेको र त्यो नामावली प्रहरीमा पठाएपछि घर फर्किने व्यवस्था गर्ने आश्वासन दिए।
दोस्रो दिन उनीहरू प्रहरी कार्यालय पुगे। त्यहाँ उनीहरूको कुरा कसैले सुनेनन्।
“प्रहरीले सबै हिँडेर गइरहेका छन्, तिमीहरू पनि हिँडेर जाउ भने”, कालिचरणले भने, “कहीँबाट सहयोग नपाएपछि २१ गते राति दुई बजे दुई कट्टा चामल, दाल, नुन तेल बोकेर हामी त्यहाँबाट निस्कियौँ।”
उनीहरू जहाँ रात पथ्र्यो, त्यहीँ सुत्थे। पानी भएको ठाउँमा रोकिन्थे। र, खाना बनाएर खान्थे। बाटो थाह थिएन। स्थानीयलाई सोध्दै अगाडि बढ्थे।
यसरी सोलुखुम्बुबाट २१ चैत राति हिँडेका उनीहरू २४ चैतमा काठमाडौं पशुपतिमा बसे। २५ चैतमा त्यहाँबाट हिँडेर कोटेश्वर जाँदै थिए। एकजना पत्रकारले उनीहरूलाई पछ्याए। उनीहरूको समस्या बुझे। त्यसपछि प्रतिव्यक्ति एक हजार रूपैयाँका दरले सबैलाई बाटो खर्च दिए। उनीहरू त्यही खर्चका भरमा काठमाडौंबाट पैदल कैलालीका लागि हिँडे।
उनीहरूले कलंकीमा खाद्यन्न बोकेर पश्चिम छुटेको ट्रक भेटाए। त्यसैमा चढेर उनीहरू दाङको लमही पुगे। २६ चैत बिहान ८ बजे लमही पुगेका उनीहरूले त्यहाँबाट खाद्यन्न बोक्ने ट्रकमा लिफ्ट मागेर बाँके राष्ट्रिय निकुञ्जसम्म पुगे। त्यहाँबाट उनीहरूले पैदल हिँडे। निकुञ्ज सकिएपछि भेटिएको ट्रकले उनीहरूलाई कोहलपुर पुर्याइदियो।
कोहलपुरबाट हिँडेका उनीहरू पैदल हिँडेका उनीहरूले २६ चैत राति बाटो छेउको खेतमा बिताए। बिहानै त्यहाँबाट हिँडेका उनीहरू बाँसगढी पुगे। बाँसगढीमा उनीहरूजस्तै काठमाडौंबाट फर्किएको १६ जनाको अर्को समूह पनि थियो। दुबै समूहलाई त्यहाँको प्रहरी र स्थानीय मेयरले कर्णाली चिसापानीसम्म गाडीको व्यवस्था गरिदिए।
दिउँसो चिसापानी पुगेका उनीहरूलाई लिन भजनी नगरपालिकाले गाडी पठायो। त्यसमध्ये भजनीले आफ्नो नगरपालिकालाई लगेर गयो र बाँकीलाई बौनियामा छोडिदियो। घोडाघोडी नगरपालिकाको गाडी उनीहरूलाई लिन बौनिया पुग्यो। त्यहाँबाट उनीहरू गाडीमा सुख्खड पुगे।
“अब आफ्नै घर आइपुगियो, बाटोमा भोगेका दुःख बिर्सेर परिवासँग रमाउँछौँ”, मजदुरहरूको एउटै स्वर छ।
" /> कैलाली। लकडाउनपछि काठमाडौं र सोलखुम्बुबाट पैदल हिँडेका ३१ जना आज कैलाली पुगेका छन्।यसरी कैलाली पुग्नेमा सोलुखुम्बुबाट १५ र काठमाडौंबाट १६ जना रहेका छन्। उनीहरूमध्ये कैलालीको घोडाघोडी नगरपालिकाका १४, भजनी नगरपालिकाका १०, टीकापुरका २, बर्दगोरिया गाउँपालिकाका ३, धनगढी र जोशीपुरका एक एकजना रहेका छन्।

">