काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको ५४ वर्षको इतिहासमा व्यवस्थापनको नेतृत्व यस पटक दोहोरिएको छ।
राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरण कुमार श्रेष्ठलाई दोस्रो कार्यकालमा दोहो¥याउने निर्णय गरेको हो। २८ चैतमा श्रेष्ठको चार वर्षे कार्यकाल पूरा हुँदै थियो।
१० माघ २०२२ सालमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकमा सरकारको ९९.९७ प्रतिशत लगानी रहेको छ। गत वर्ष राष्ट्रिय वाणिज्य बैंकसँग ‘एनआईडीसी क्यापिटल’ मर्ज भएसँगै ०.०३ प्रतिशत सर्वसाधारणको शेयर भित्रिएको छ।
यसअघि २०३० सालमा बेखामान सिंह बैंकको महाप्रबन्धकमा दोहोरिएका थिए।
राष्ट्रिय बाणिज्य बैंकमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त भएका श्रेष्ठ दोस्रो प्रमुख कार्यकारी अधिकृत हुन्। त्यसअघि खुल्ला प्रतिस्पर्धाबाट कृष्णप्रसाद शर्मा नियुक्त भएका थिए।
श्रेष्ठको पहिलो कार्यकालमा राष्ट्रिय वाणिज्य बैंकले चमत्कारिक प्रगति गरेको छ। उत्कृष्ट कार्यसम्पादनको आधारमा श्रेष्ठलाई दोस्रो कार्यकालको लागि नियुक्त गरिएको बैंक सञ्चालक समितिले बताएको छ।
चरम राजनीतिक हस्तक्षेपले बिग्रिएको राष्ट्रिय वाणिज्य बैंकलाई लयमा फर्काएका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठको कार्यकाल चार वर्षको लागि थप भएको हो।
श्रेष्ठले पहिलो कार्यकालमा वाणिज्य बैंकलाई सबैभन्दा बढी नाफा कमाउने बैंक बनाउन सफल भएका छन्। बैंकको इतिहासमै पहिलो पटक यस वर्ष पाँच अर्ब रूपैयाँ नाफा कमाएको थियो।
राष्ट्रिय वाणिज्य बैंकको गत वर्षको कमाईबाट सरकारले एक अर्ब आठ करोड रूपैयाँ लाभांश बुझेको थियो। बैंकले खराब कर्जाको व्यवस्थापनमा उल्लेख्य प्रगति गरेको छ।
“२९ चैतबाट मेरो दोस्रो कार्यकाल शुरु हुन्छ। दोस्रो कार्यकालमा चार वटा विषयलाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने छु”, श्रेष्ठले देखापढीसँग कुरा गर्दै भने, “सबैभन्दा बढी नाफा कमाउने पहिलो बैंकको रूपमा राष्ट्रिय वाणिज्य बैंक रहिरहने छ।”
त्यसबाहेक, बैंकलाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने, सरकारी बैंकको सकरात्मक छवी बनाउने र शाखा सञ्जाललाई थप विकास गर्ने काममा विशेष ध्यान दिने उनले बताए।
२०१३ सालमा संखुवासभाको चैनपुर नगरपालिका वडा नं १० मा जन्मिएका श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकमा आउनुअघि श्रेष्ठले नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा सहायक महाप्रबन्धकसम्मको जिम्मेवारी पूरा गरेका थिए।
पढ्नुहाेस
लय गुमाएको राष्ट्रिय वाणिज्य बैंकको मुहार बदल्ने किरणकुमार (भिडिओसहित)
" /> काठमाडौं। राष्ट्रिय बाणिज्य बैंकको ५४ वर्षको इतिहासमा व्यवस्थापनको नेतृत्व यस पटक दोहोरिएको छ।राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको आज बसेको बैठकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) किरण कुमार श्रेष्ठलाई दोस्रो कार्यकालमा दोहो¥याउने निर्णय गरेको हो। २८ चैतमा श्रेष्ठको चार वर्षे कार्यकाल पूरा हुँदै थियो।

">