प्रदेश १ः क्वारेन्टाइन बेडको संख्या चार हजार नाघ्यो

विराटनगर। प्रदेश १ मा ४१ वटा क्वारेन्टाइन बेड थपिएको छ।

हिजो, २७ चैतमा विभिन्न ७ स्थानमा ती बेड थपिएका हुन। योसँगै प्रदेश सरकारले बनाएकोे कूल २६१ स्थानको बेड संख्या अब चार हजार १४८ पुगेको छ।

आइसोलेसन स्थान ४८ र बेड संख्या ४३२ भने यथावत छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना सूचना डेस्कका अनुसार क्वारेन्टाइनमा अहिले ६०२ जना छन्।

होम क्वारेन्टाइनमा तीन हजार १११ जना बसेका छन्।

प्रतिक्रिया दिनुहोस्