धरानमा कोभिड-१९ परीक्षण सकिएका १०४ जनाकै रिपोर्ट नेगेटिभ
<p>विराटनगर। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अहिलेसम्म कोभिड-१९ परीक्षण सकिएका १०४ जना सबैको नतिजा नेगेटिभ आएको छ।</p>
<p>अहिलेसम्म यहाँ कोरोना भाइरस संक्रमणको आशंकामा १७८ जनाको थ्रोट स्वाबको नमूना संकलन गरिएको छ।</p>
<p>संकलन गरिएका नमूनाहरूमा ३५ महिला र १४३ जना पुरुष छन्।</p>
<p>प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कोरोना डेस्कका अनुसार बाँकी ७४ जनाको परीक्षण भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्