प्रदेश २ मा कोभिड-१९ परीक्षण गर्न संकलन गरिएका १५९ नमूनामध्ये ११३ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं। प्रदेश २ मा कोभिड-१९ परीक्षण शुरू भएयता अहिलेसम्म १५९ जनाको नमूना संकलन गरिएको छ।

त्यसमध्ये परीक्षण सकिएका ११३ जनाको नतिजा नेगेटिभ आएको छ।

सामाजिक विकास मन्त्रालयले हिजो, २७ चैतसम्म अद्यावधिक गरेको विवरण अनुसार रिपोर्ट आउन बाँकी ४६ जनाको परीक्षण भइरहेको छ।

जनकपुरस्थित प्रादेशिक अस्पतालमा २१ चैतदेखि कोभिड-१९ का शंकास्पद बिरामीको थ्रोट स्वाब नमूना परीक्षण थालिएको हो।

प्रदेश २ का आठ जिल्लामा १४५ क्‍वारेन्टाइन केन्द्रमा तीन हजार २३६ वटा बेड रहेका छन्। त्यहाँ अहिले ९०० जना बसेका छन्।

त्यस्तै एक हजार ३६८ जना होम क्वारेन्टाइनमा छन्।

यस प्रदेशमा २०८ वटा बेड आइसोलेसन तयार छ। त्यहाँ २६ जना उपचाररत् छन्।

प्रतिक्रिया दिनुहोस्