बेलायती प्रधानमन्त्री जोनसनलाई आईसीयूबाट निकालियो
<p>लन्डन। कोभिड-१९ का कारण बिरामी परेका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्ष (आईसीयू)बाट निकालिएको छ। तर, उनी अझै अस्पतालमै उपचाररत छन्।</p>
<p>उनलाई गत ५ अप्रिलमा लन्डनको सेन्ट थोमस हस्पिटलमा भर्ना गरिएको थियो। अवस्था असामान्य बन्दै गएपछि साधारण शय्याबाट उनलाई ६ अप्रिलमा आईसीयूमा भर्ना गरिएको थियो।</p>
<p>बीबीसीका अनुसार स्वास्थ्यमा सुधार आएकाले साधारण बेडमा फर्काएर थप उपचार थालिएको छ। ‘उहाँको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ,’ प्रधानमन्त्री जोनसनका प्रवक्ताले भने।</p>
प्रतिक्रिया दिनुहोस्