सुदूरपश्चिमका लागि २०० थान पीपीइ सेट सहयोग

काठमाडौं। नेपाल-भारत मानव विकास एवं मैत्री संघले सुदूरपश्‍चिमको लागि २०० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) सेट सहयोग गरेको छ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सुदूरपश्‍चिम प्रदेशमा कोभिड-१९ विरुद्धको उपचारमा संलग्न चिकित्सकका लागि खानेपानीमन्त्री बिना मगरलाई ती सामग्री हस्तान्तरण गरेका हुन्।

मन्त्री मगरलाई संघीय सरकारबाट सुदूरपश्चिम प्रदेशमा समन्वयको जिम्मेवारी दिइएको छ।

पीपीइ बुझ्दै मन्त्री मगरले उपचारका लागि आवश्यक समन्वय भइरहेको बताउँदै आवश्यक सामग्री तत्काल प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताएकी छन्।

प्रतिक्रिया दिनुहोस्