११ चैतमा जापानका प्रधानमन्त्री शिन्जो अबेले एक वर्षका लागि मिती सार्न गरेको प्रस्तावलाई आइओसीका अध्यक्ष थोमस बाचले शतप्रतिशत समर्थन गरेका थिए। सन् १८९६ मा ग्रिसको एथेन्सबाट शुरू भएको आधुनिक ओलम्पिक निर्धारित मितिमा हुन नसकेको यो तेस्रो पटक हो। संयोग विश्वयुद्धका कारण स्थगित भएका दुईमध्ये एक टोकियो ओलम्पिक नै थियो।
जापानको टोकियोले यसअघि १९४० मा पहिलो पटक ओलम्पिक आयोजनाको अवसर पाएको थियो। तर त्यो अवसर कागजमा मात्र सिमित बन्यो। दोस्रो विश्वयुद्धले खेलुकदको सबभन्दा ठुलो प्रतियोगिता अयोजना गर्ने टोकियोको सपनालाई खरानी बनाइदियो। त्यसअघि १९१६ मा जर्मनीको बर्लिनमा हुने तय भएको ओलम्पिक प्रतियोगिता पनि विश्वयुद्ध (पहिलो) कै कारण स्थगित भएको थियो।
यसअघि रोकिएका ओलम्पिकहरूः
बर्लिन ओलम्पिक १९१६ (पहिलो विश्वयुद्ध)
सन् १९१६ मा जर्मनीको बर्लिनमा आयोजना हुने भनिएको छैटौं ओलम्पिक विश्वयुद्धका कारण स्थगित भयो। बर्लिनले ४ जुलाई १९१२ मा बसेको आइओसी बैठकबाट एलेजान्द्रिया, आम्स्टर्डम, ब्रसेल्स, बुढापेष्ट र क्लेभल्याण्डलाई पछि पार्दै ओलम्पिक आयोजनाको जिम्मेवारी पाएको थियो।
तर १९१४ बाट शुरू भएको विश्वयुद्ध लामो समय लम्बिएपछि अन्ततः ओलम्पिक स्थगित गर्नुपरेको थियो। आधुनिक ओलम्पिक शुरूभएपछि समयमा प्रतियोगिता नभएको यो पहिलो पटक थियो।
त्यसको बीस वर्षपछि बर्लिनले १९३६ को ओलम्पिक आयोजना गर्यो। यसपटक बर्लिनले स्पेनको बार्सिलोनालाई पछि पार्दै आयोजनाको जिम्मेवारी पाएको थियो।
टोकियो ओलम्पिक १९४९ र लन्डन ओलम्पिक १९४४ (दोस्रो विश्वयुद्ध)
१९४० मा टोकियोमा हुने तय भएको ओलम्पिक दोस्रो विश्वयुद्धका कारण स्थगित भयो। टोकियोमा सेप्टेम्बर २१ देखि अक्टोबर ६ सम्म ओलम्पिक हुने भनिएको थियो। जापानले देशमा शान्ति भएपछि मात्र प्रतियोगिता गर्ने जनाएपछि १९४० कै जुलाई २० देखि अगष्ट ४ मा गर्नेगरी ओलम्पिक फिनल्यान्डको हेल्सिन्की शहरमा सारियो। तर विश्वयुद्धका कारण अन्ततः ओलम्पिक अनिश्चितकालका लागि स्थगित भयो। जुन १२ वर्षसम्म लम्बियो। त्यसपछि १९४८ मा लन्डनबाट ओलम्पिकले पुनरागमन गर्यो। १९४४ मा पनि लन्डनमै हुने भनिएको थियो तर विश्वयुद्ध लम्बिएपछि प्रतियोगिता हुन सकेन।
जापानले १९३२ बाटै १९४० को ओलम्पिक गर्ने तयारी थालेको थियो। जापानको टोकियोसँगै बार्सिलोना, रोम र हेल्सिन्की पनि आयोजनाको दौडमा थिए। १९३६ मा टोकियोले आयोजनाको दौडमा बाजी मार्यो। पहिलो पटक पश्चिमा शहरभन्दा बाहिर ओलम्पिक हुने भयो। तर विश्वयुद्धका कारण टोकियोले पाएको अवसर गुमायो। अन्ततः हेल्सिन्कीले १९५२ तथा टोकियोले १९६४ को ओलम्पिक आयोजना गर्यो।
कसरी भएको थियो ओलम्पिकको शुरूआत?
आधुनिक ओलम्पिकको शुरूआत एथेन्सबाट १८९६ बाट शुरू भए पनि प्राचिन ओलम्पिकको कथालाई छुटायौं भने त्यो अपुरो हुन्छ। प्रचिन ओलम्पिक लिखित रूपमा पहिलो पटक इसापुर्व ७७६ मा भएको मनिन्छ। तर इतिहासविदहरू लिखित रूपमा ७७६ भए पनि धेरै पहिलेदेखी यस प्रतियोगिता हुने गरेको बताइन्छ।
प्राचीन ओलम्पिक
ओलम्पिकको उदय ठ्याक्कै यस ठाँउबाट र यो समयमा भयो भनेरभन्न सकिदैन। तर लिखित रूपमा पहिलो ओलम्पिक खेल भने इसापुर्व ७७६ मा भएको बताइन्छ।
खासमा ओलम्पिक धार्मिक उत्सवका रुपमा शुरू भएको मनिन्छ। ग्रिसको पेलोपोनेसियन प्रायद्धिपको पुर्वी उच्च तटको सभ्य भाग मानिने ओलम्पियामा जिउसको सम्मानका लािग उत्सव आयोजना गरिन्थ्यो। जुन नियमित आयाजोना हुँदै गयो। ग्रिक सभ्यतामा जिउसलाई सबभन्दा महत्वपुर्ण देवताका रूपमा पुजिन्थ्यो। त्यसका कारण त्यस उत्सवमा युद्धहरू पनि स्थगित हुन्थ्यो भनिन्छ।
त्यतिबेला ओलम्पिया कुनै शहर थिएन। एउटा ग्रामीण क्षेत्र थियो। र यसलाई प्रवित्र स्थान मानिन्थ्यो। यहाँ देवराज जिउसको मन्दिर पनि भएकोले विभिन्न धार्मिक अनुष्ठानहरू आयोजना हुनेगर्थे।
ओलम्पिक खेलको आयोजना गर्नुअघि विभिन्न बस्तीहरूमा पवित्र मशाल बोकेर हिँडिन्थ्यो। मशाल बोकेर हिड्दा ओलम्पिकखेलको सन्देश लिएर सबैलाई खेलमा सहभागी हुन आग्रह गर्नुका साथै तिथिको पनि जानकारी गराइन्थ्यो। ओलम्पिक खेल आयोजना भएको समय ओलम्पियामा ४० हजारभन्दा धेरै मानिसको जमघट हुन्थ्यो भनिन्छ। त्यसमा खेलाडी, व्यापारी, स्थानीयवासी, लोककलाकारहरूको बर्चश्व हुनेगर्थ्यो।
पहिलो ओलम्पिक (७७६)मा एक स्पर्धामा मात्रप्रतिस्पर्धा भएको थियो– १८३ मिटर(२०० यार्ड) को दौड। त्यो भनेको रंगशालाको लम्बाई हो। विजेता थिए, कोरोइबस। १४औं संस्करणमा रंगशालाको लम्बाईको दुई गुणा दौड पनि थपियो। त्यसको चारवर्षपछि लामो दुरीका दौड थपिए।
त्यतिबेलाका ओलम्पिकमा खेलाडीहरू नाङ्गै हुने भएकाले महिलाको उपस्थितीमा बन्देज थियो। दास र विदेशीले सहभागिता जनाउन पाउँदैनथे। प्रतिस्पर्धा गर्ने खेलाडीहरू चार हप्ताअघि नै ओलम्पिया पुगिसकेको हुनुपथ्र्यो। ओलम्पियामा उनीहरूले छनोटमा भाग लिएपछि मात्र अन्तिम प्रतियोगितामा सहभागी बन्नसक्थे। खेलाडीहरूलाई निर्णायकहरूले शपथ खुवाउनेपरम्परा त्यतिबेलै थियो। नियम पालना नगर्नेलाई जरिवाना गर्ने परम्परा प्राचीन ओलम्पिकमै भएको मानिन्छ।
विस्तारै प्रतियोगितामा सिपाहीहरूले सहभागिता जनाउन थालेपछि उनीहरूको अजेन्डा पनि हाबी हुँदै गयो। १८औं ओलम्पिकमा कुश्ती, पेन्टाथलन, जम्प, ज्याभलिन थ्रो, डिस्कस थ्रो जस्ता खेलहरू थपिए। २३औं ओलम्पिकमा बक्सिङ पनि थपियो। त्यसपछि खेलहरू थपिने क्रम बढ्यो। ३७औं ओलम्पिकमा ढाँचा परिवर्तन गरी पाँच दिनसम्म विस्तार गरियो।
खेलहरू बढ्नेक्रम जारी रह्यो। जसका कारण प्रतियोगितामा व्यावसायिकताले बढवा पायो। यसको मुल मर्म विस्तारै ओझेल पर्दै गयो। प्राचीन ओलम्पिक ३९३ सम्म मात्र चल्यो र यसपछि यो क्रम रोकियो। तत्कालीन रोमन राजा थियोडोसिसले ओलम्पिक आफुविरुद्ध सञ्चालन भएको ठाने।उनी इसाइ धर्मालम्बी थिए र आफ्ना जनता खेलकुदमा भन्दा धार्मिक काममै मात्र लागोस् भनेर चाहन्थे। जसका कारण उनले खेलउत्सव नै बन्द गरिदिए।
पुनरागमनः आधुनिक ओलम्पिक
त्यतिबेला रोकिएको ओलम्पिक फेरि शुरु हुन धेरै वर्ष लाग्यो। झन्डै १५०३ वर्षपछि ओलम्पिक फर्कियो, उद्गम थाले ग्रिसबाटै। १८९६ मा ग्रिसको एथेन्समा पहिलो आधुनिक ओलम्पिक आयोजना भयो।जसको श्रेय भने फ्रान्सका बारोन पिइरे डी कोउबर्टिनलाई जान्छ। उनले १८९२ ‘युनियन डेस स्पोर्ट् एथलेटिक्स’को बैठकमा ओलम्पिकको खाका प्रस्तुत गरेका थिए।
१६ जुन १८९४ मा ‘इन्टरनेशनल स्पोर्ट्स कंग्रेस’मा कोउबर्टिनले १९०० मा आफ्नै शहर पेरिसमा प्रतियोगिता गर्ने योजना सुनाए। बेल्जियम, इङ्ल्यान्ड, फ्रान्स, ग्रिस, इटली, रूस, स्पेन, स्विडेन र अमेरिकाका प्रतिनिधिहरू उनको अवधारणामा मोहित भए। प्रतियोगिता गर्नेमा सबै राजी भए। तर पेरिसमा होइन, ग्रिसको एथेन्समा। सबै देशका प्रतिनिधिले कोउबर्टिनलाई आधुनिक ओलम्पिक आयोजनाका लागि ग्रिस उपयुक्त थलो हुने भनेर राजी बनाए। १८९६ मै एथेन्समा ओलम्पिक हुने टुंगो लाग्यो।
६ देखि १५ अप्रिलसम्म भएको पहिलो आधुनिक ओलम्पिकमा १४ देशले सहभागिता जनाए।प्रतिस्पर्धी २४१ खेलाडीमध्ये सबै पुरुष मात्र थिए। महिला खेलाडी थिएनन्। नौ खेलको ४३ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। अमेरिकाका जेम्स कोनोली आधुनिक ओलम्पिकको पहिलो च्याम्पियन हुन्। उनी पहिलो दिनमै ट्रिपल जम्पमा च्याम्पियन बनेका थिए। यद्यपि उनलाई ‘सिल्भर मेडल’ ले सम्मान गरिएको थियो। उनी हाइ जम्प र लङ जम्पमा पनि क्रमशः दोस्रो र तेस्रो भए।
पेरिसले १९०० मै दोस्रो ओलम्पिक आयोजनाको अवसर पायो। जहाँ ९९७ खेलाडीको सहभागिता जनाए। त्यसमध्ये २२ महिला खेलाडी थिए। २४ देशले ९५ स्पर्धामा प्रतिस्पर्धा गरे। तेस्रो ओलम्पिकको अवसर अमेरिकाले पायो। १९०४ माअमेरिकाको सेन्ट लुइसमा सम्पन्न तेस्रो ओलम्पिकबाट प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः स्वर्ण, रजत र काश्य पदकको व्यवस्था गरियो। जुन अहिलेसम्म पनि कायमै छ।
१९९२ बाट गिष्मकालिन र हिउँदे ओलम्पिकको आजोजना हुन थाल्यो। २००४ मा गिष्मकालिन ओलम्पिक पुनः जन्मथलो ग्रिस फर्कियो। त्यतिबेला २०१ देशका १० हजार ६२५ खेलाडीले ३०१ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।
ओलम्पिक फ्लेम
आधुनिक ओलम्पिकमा ओलम्पिक फ्लेम वा ओलम्पिक टर्चको अवधारणा १९२८ बाट शुरू भएको थियो। आम्स्टरडममा सम्पन्न ओलम्पिकमा ओलम्पिक टर्चको अवधारणा आए पनि ‘टर्च रिले’ भने बर्लिनमा सम्पन्न १९३६ को ओलम्पिकबाट शुरू गरिएको थियो। आधुनिक ओलम्पिकमा सपथ खाने प्रचलन भने १९२० बाट शुरू भयो।
यसरी शुरू भएको ओलम्पिकलाई अहिले विश्वभर फैलिएको कोभिड–१९ महामारीले पुनः एकपटक एक वर्ष पर धकेलिदिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले २०२१ को २३ जुलाईदेखी ८ अगष्टसम्म गर्ने भनि नयाँ मिति घोषण गरेको छ। तथापी यसलाई टोकियो ओलम्पिक २०२० नै भनिनेछ।
विश्वभर ६ लाख ६३ हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिएको छ भने ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ। इटालीमा ९२ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने दश हजारभन्दा धेरैको मृत्यु भएको छ। स्पेनमा ७३ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने झन्डै १० हजारको मृत्यु भएको छ। जर्मनीमा पनि ५६ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने चार सय भन्दा बढीको मृत्यु भएको छ।
महामारीको प्रभाव कहिलेसम्म रहन्छ अझै भन्न सकिने अवस्था बनेको छैन। विश्व स्वास्थ्य संगठनले यसको प्रभाव तत्काल कम नहुने भनिसकेको छ। त्यसैले एक वर्ष पर सारिएको मितिमा पनि ओलम्पिक हुनेमा शंका गर्ने ठाँउ छन्।
" />

">