नेपालमा रहेका विदेशी नागरिक लैजान तीनवटा विमानले उडान भर्दै
काठमाडौं। नेपालमा लकडाउन लम्बिँदै गएपछि यहाँ रहेका विदेशी नागरिक धमाधम फर्किइरहेका छन्।
आज पनि नेपालबाट विदेशी नागरिक लैजान तीनवटा विमानले उडान भर्दैछन्। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार आज बेलायत, दक्षिण कोरिया र जापानी नागरिक लैजान उडान तालिका तय भएको छ ।
प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार अहिले बिहान १० बजे दक्षिण कोरियाका नागरिक लैजान कोरियन एअर त्रिभुवन विमानस्थलमा अवतरण गर्दैछ। यस्तै, बेलायती दूतावासले चार्टर्ड गरेको टाइटन एअर पनि बिहान ११ बजेर ५ मिनेटमा अवतरण गर्दैछ। बेलायतले २६ चैतमा पनि टाइटनकै विमानबाट आफ्ना नागरिक फर्काएको थियो।
आजै साँझ नेपाल वायु सेवा निगमको वाइडबडी विमान जापानको नारिता जाँदैछ । नेपालमा रहेका जापानी नागरिक र केही नेपालीलाई लिएर निगमको वाइडबडी साँझ ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्दैछ । उक्त विमानमा  दुई सय ५० जना यात्रु जाने छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्