दक्षिण कोरियामा कार्यरत कामदारको भिसा अवधि तीन महीना थपिने
काठमाडौं। दक्षिण कोरियाली सरकारले त्यहाँ रहेर भिसा अवधि समाप्त भएका र हुन लागेका विदेशी नागरिकको भिसा पुनः तीन महिना थप गर्ने भएको छ।

कोरोना भाइरस समस्याका कारण स्वदेश फर्किन असम्भव भएका विदेशी नागरिकलाई लक्षित गरी भिसा थप्ने निर्णय गरेको दक्षिण कोरियाको न्याय मन्त्रालयले जनाएको छ। यसबाट भिसा अवधि समाप्त भएका र हुनलागेका नेपालीले पनि भिसा अवधि बढाउन सक्नेछन्।

आउँदो मे अन्त्यसम्म कोरियामा कार्यरत ६० हजार विदेशी मजदुरको भिसा सकिँदै छ। विशेषत उनीहरूलाई लक्षित गरी यो निर्णय गरिएको हो। यसरी भिसा थप्न लागिएको यो दोस्रोपटक हो।

कोरोना भाइरस समस्याकै कारण यसअघि फेब्रुअरीमा पनि कोरिया सरकारले भिसा अवधि समाप्त भएका विदेशीलाई ५० दिन भिसा थप्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट भिसा अवधि समाप्त भएका नेपालीलगायत एक लाख ३० हजार विदेशी नागरिकले आफ्नो भिसा अवधि बढाएका थिए।

यो निर्णयसँगै फेब्रुअरीमा ५० दिन भिसा थप गर्नेहरूले पनि तीन महिनाको भिसा थप्न सक्नेछन्। यद्यपि इ–९ र इ–१० भिसाबाहकले भने आफ्नो देशको अवस्था बुझाएर मात्र भिसा थप गर्न सक्नेछन्।

हाल कोरिया सरकारले सबै किसिमका भिसा दिन बन्द गरेको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्