सर्वेक्षण भन्छ- चीनले कोभिड-१९ को तथ्यांक लुकाइरहेको छ
लन्डन। चीनले कोभिड-१९ का संक्रमित र मृतकहरूको यकिन तथ्यांक लुकाइरहेको ठान्छन्, अधिकांश बेलायती नागरिकहरू।

न्युजविकले गरेको एक सर्वेक्षणमा सहभागी अधिकांश बेलायतीले चीनले यकिन आँकडा सार्वजनिक नगरेको आशंका गरेका हुन्। ग्लोबल हेल्थ तथा गभर्नेन्स आपिनियनका लागि गरिएको शोधको एक हिस्साका रूपमा रेडफिल्ड र विल्टन स्ट्राटेजीले मत सर्वेक्षण गरेका हुन्।

त्यसक्रममा सहभागी ६९ प्रतिशतले चीनको कोभिड-१९ बारेको तथ्यांक वास्तविकभन्दा धेरै कम रहेको दाबी गरे। यस्तै, १२ प्रतिशतले भने चीन सरकारले इमानादारितापूर्वक तथ्यांक सार्वजनिक गरिरहेको बताए। बाँकी १९ प्रतिशतले त्यसबारे जानकार नरहेको बताए।

८ अप्रिलमा सञ्चालित उक्त मत सर्वेक्षणमा दुई हजार बेलायती नागरिक सहभागी थिए। त्यसदिन चीनमा कोभिड-१९ बाट ८२ हजार आठ सय ८३ जना बिरामी रहेको र तीन हजार तीन सय ३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो। यस्तै, ७७ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएको तथ्यांक थियो।

अन्य मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या चीनको भन्दा चार गुणा बढी देखिँदै आएको छ। कोभिड-१९ को उद्गमस्थल चीनभन्दा अमेरिका, स्पेन, इटाली, जर्मनी र फ्रान्समा बिरामी र मृत्यु संख्या अत्यधिक छ।

सोही कारण मत सर्वेक्षणमा सहभागी अधिकांशले चीनले यकिन आँकडा लुकाइरहेको दाबी गरेका हुन्। मत सर्वेक्षणमा सहभागी ३५ देखि ४४ वर्षका व्यक्तिहरूले चीनले यकिन तथ्यांक दिइरहेकामा शंका व्यक्त गरे। सर्वेक्षणमा उक्त उमेर समूहका ७६ प्रतिशत थिए।

एक करोड १० लाख जनसंख्या भएको वुहानमा ३१ डिसेम्बर २०१९ मा पहिलोपटक कोभिड-१९ को केस देखिएको थियो। अज्ञात प्रकृतिको न्युमोनिया देखिएको बताउँदै विश्व स्वास्थ्य संगठनले सचेत गराएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्