कोभिड-१९ ले निम्त्याउने खाद्यसंकटसँग कसरी जुध्ने ? यस्तो छ कृषिमन्त्रीको योजना

काठमाडौं। विश्‍वव्यापी महामारी बनेको कोभिड-१९ का कारण कृषि तथा पशुपालन क्षेत्रमा आउनसक्न‍े संकटप्रति सचेत रहन आग्रह गर्दै कृषिमन्त्री घनश्याम भुषालले त्यसका लागि योजना थालेका छन्।

देशभरका स्थानीय निकायलाई पत्र लेखेर मन्त्री भुषालले यस महामारीले विश्‍वव्यापी रूपमा खाद्यवस्तुको उत्पादन, आपूर्ति तथा मूल्य र पहुँचमा समस्या आउन सक्ने र त्यसले अन्तर्राष्‍ट्रिय श्रम बजार, औद्योगिक उत्पादन र समग्र विश्‍व अर्थतन्त्रमा समस्या आउनेतर्फ ध्यानाकर्षण गराउँदै त्यसको सामना गर्न नीति बनाउनुपर्नेमा जोड दिएका छन्।

विश्व अर्थतन्त्रमा देखिनसक्ने संभावित संकट, नेपालमा पर्न सक्ने असर र त्यस्ता संभावित संकटबाट बच्दै मुलुकलाई आत्मनिर्भर बनाउन काम गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।

स्थानीय तहमा भइरहेका कृषिसम्बन्धी तथ्यांकको साथमा खाद्य संकट समाधानको लागि भएको क्षमतासहितको विभिन्न सूचना पठाउन पत्रमा अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्