उपत्यकामा लकडाउन अटेर गर्ने २५९ जनाको सवारीसाधन कारवाहीमा
काठमाडौं। उपत्यकाका विभिन्न ठाउँबाट लकडाउनमा अटेर गरेर बाहिर निस्किएका २५९ जनाको सवारीसाधन नियन्त्रणमा लिइएको छ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार आज बिहान १० बजेसम्म ती सवारीसाधन कारवाहीमा परेका हुन्।
नियन्त्रणमा लिइएकामा १३ वटा चार पांग्रे र २४६ वटा दुई पांग्रे सवारी छन्।
भित्रि क्षेत्रको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाइएको छ।
महाशाखाका अनुसार कोरोना भाइरसको विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले लकडाउनको आदेश जारी गरेकाले उल्लंघन गर्ने सवारी साधन दिनभर नियन्त्रणमा लिएर बेलुका छाड्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्