तसलिमा भन्छिन्- अब अमेरिका सुपरपावर रहेन

काठमाडौं। भारतमा आश्‍रय लिइरहेकी बंगलादेशकी लेखिका तसलिमा नसरिनले कोरोना भाइरस संक्रमण (कोभिड-१९) नियन्त्रणमा आएपछिको विश्‍व व्यवस्थामा अमेरिका सुपर पावर नरहने दाबी गरेकी छन्।

ट्विटमार्फत तसलिमाले आगामी विश्‍व व्यवस्थाबारे आफ्नो बुझाइ व्यक्त गरेकी हुन्।

‘कोरोना महामारीबाट के सिक्ने ?’ प्रश्‍न गर्दै उनले सिक्नुपर्ने पाँचवटा विषय उल्लेख गरेकी छन्। चौथो बुँदामा उनले अमेरिका सुपर पावर बाँकी नरहेको बताएकी छन्।

तेस्रो बुँदामा राष्ट्रिय सीमाहरू पनि अर्थहीन रहेको बताएकी छन्। पाँचौं बुँदामा मानवता नै एक मात्र परिवार भएको सम्झाएकी छन्।

पहिलो बुँदामा उनको दाबी छ- ईश्‍वर छैनन्। दोस्रो नम्बर बुँदामा उनले भनेकी छन्, ‘घातक भाइरस मात्र नभई धार्मिक कट्टरपन्थी र ईश्‍वरका भक्तहरू पनि मानवताका लागि खतरा हुन्।’

प्रतिक्रिया दिनुहोस्