सप्तरीकाे गजेन्द्रनारायण सिंह अस्पतालमा तोडफोड

समयमा डाक्टर ड्युटीमा नबसेको भन्दै उनीहरूले अस्पतालमा तोडफोड गरेका हुन्।

अर्थोपेडिक विभाग हाडजोर्नी तथा नशा रोगसम्बन्धी विशेषज्ञ डा. ज्ञानेन्द्र झा र डा. प्रनेश यादव अस्पताल नआएपछि आक्रोशित बिरामीका आफन्तले तोडफोड गरेको अस्पताल स्रोतले जनाएको छ।

बिरामी जाँच्ने कोठामा क्षति पुगेको अस्पताल प्रशासनकाे भनाइ छ।

तोडफोडमा संलग्न भएको आरोपमा राजविराज नगरपालिका–१ का २२ वर्षीय गुञ्जन झालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

यसैबीच अस्पताल प्रशासनले डा. झा बिदामा रहेको र अर्का डा. यादव आपतकालीन कक्षमा बिरामीको उपचार गरिरहेका बेला तोडफोड भएको जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्