बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरि अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।

सो अवसरमा उनले कोरोना भाइरस संक्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए। सो अस्पतालमा दुईजना काेभिड-१९ संक्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट संक्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए। “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ”, उनले भने, “अस्पतालले बिरामीको उपचार र कोरोना भाइरस रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे। अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा संक्रमितको उपचार भइरहेको छ। हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गर्ने जनाएको छ। रासस

" /> बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरि अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।

सो अवसरमा उनले कोरोना भाइरस संक्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए। सो अस्पतालमा दुईजना काेभिड-१९ संक्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट संक्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए। “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ”, उनले भने, “अस्पतालले बिरामीको उपचार र कोरोना भाइरस रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे। अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा संक्रमितको उपचार भइरहेको छ। हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गर्ने जनाएको छ। रासस

"> दुईजना काेभिड-१९ संक्रमितकाे उपचार भइरहेकाे धौलागिरि अस्पतालकाे मुख्यमन्त्री गुरूङद्वारा निरीक्षण: Dekhapadhi
दुईजना काेभिड-१९ संक्रमितकाे उपचार भइरहेकाे धौलागिरि अस्पतालकाे मुख्यमन्त्री गुरूङद्वारा निरीक्षण
बागलुङ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धौलागिरि अस्पताल बागलुङको आज स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन्।

सो अवसरमा उनले कोरोना भाइरस संक्रमितको उपचारको अवस्था, प्रदान गर्ने सेवा सुविधा, व्यवस्थापकीय क्षमता र अस्पतालका समस्याका बारेमा जानकारी लिए। सो अस्पतालमा दुईजना काेभिड-१९ संक्रमितले उपचार गराइरहेको अस्पतालले जनाएको छ।

मुख्यमन्त्री गुरुङले कोरोना भाइरसविरुद्ध एकजुट भएर सबै लाग्नुपर्ने आवश्यकता औल्याउँदै कोरोना भाइरसबाट संक्रमितको उपचारमा कुनै कमी हुन नदिन अस्पताललाई प्रशासनलाई निर्देशन दिए। “प्रदेश सरकारले आवश्यक स्रोत र साधनको व्यवस्था गरेको छ”, उनले भने, “अस्पतालले बिरामीको उपचार र कोरोना भाइरस रोकथामका लागि प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुपर्छ।”

मुख्यमन्त्री गुरुङले उपचारका क्रममा भएका जटिलता तथा आवश्यक उपकरणका विषयमा प्रदेश सरकार जानकार रहेको उल्लेख गर्दै आवश्यक उपकरण तथा दरबन्दी मिलानका लागि गृहकार्य भइरहेको बताए।

मुख्यमन्त्री गुरुङले चार शय्याको आइसोलेसन कक्ष विस्तार गर्न अस्पताललाई आग्रह गरे। अहिले अस्पतालको आइसोलेसन वार्डमा एक युवती र एक वृद्धा संक्रमितको उपचार भइरहेको छ। हाल दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

गण्डकी प्रदेश सरकारले कोरोना उपचारका लागि सो अस्पताललाई एक भेन्टिलेटर प्रदान गरिसकेको छ भने सघन उपचार कक्ष निर्माणका लागि बजेट विनियोजन गर्ने जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्