काठमाडौं। कोरोना भाइरसको महामारीबाट जोगिने उपायस्वरुप सरकारले लकडाउन घोषणा गरेको आज १८ औं दिन भइसकेको छ। काठमाडौं उपत्यकासहित मुख्य शहरहरूमा लकडाउनको पूर्णतया पालना भइरहेको पाइँदैन।
मानिसहरू अत्यावश्यक काम निकालेर घरभन्दा बाहिर निस्किरहेको देखिन्छ। तर काठमाडौंबाहिर धादिङदेखि तनहुँसम्मको अवस्था भने अलि फरक छ। पृथ्वीराजमार्ग हुँदै तनहुँको बन्दीपुरसम्म पुग्दा राजमार्गमा पर्ने बस्ती अनि नजिकैका प्रमुख बजारहरूमा लकडाउनको पालना काठमाडौंको तुलनामा प्रभावकारी देखिन्छ।
राजमार्ग प्राय सुनसान देखिन्छ। इन्धन, खाद्यान्न बोकेका केही गाडीहरू मात्र चलेका छन्। सामान्यावस्थामा भीडभाड हुने राजमार्गसँगै सटेका होटलहरू पनि बन्द छन्। धेरैमा त तारबार नै गरिएको छ। सामाजिक दूरी कायम गर्नकै लागि तारबार गर्नुपरेको त्यहाँका होटल ब्यवसायीको भनाई छ।
मानिसहरूबीच मात्र नभई कतिपय ठाउँमा त एउटा गाउँ र अर्को गाउँ नै आपसमा अलग्गिएको अवस्था छ। एउटा गाउँबाट अर्को गाउँमा मानिसहरू ओहोरदोहोर नगरून् भनेरै प्रवेश गर्ने नाकामै तारबार गरिएको छ। पुलपुलेसा पनि बन्द गरिएका छन्। लकडाउनको पालना गर्न र सामाजिक दूरी बनाइराख्न मानिसहरूलाई सूचित गरिएको छ।
गण्डकी गाउँपालिका-२ दहभञ्ज्याङ्का गगन बहादुर थापाका अनुसार सरकारले लकडाउन घोषणा गरेको भोलिपल्टदेखि त्यहाँको पुल बन्द गरिएको हो। जुन पुल भएर फुजेल, साधिखोला, ताँग्रीचोक फुर्केडाडाँ लगायतका ठाउँका मानिसहरू ओहोरदोहोर गर्थे। बन्द गरिएको पुल विल्कुलै नखोलिने भने हैन। मुनासिब कारण हुनुपर्छ,पुल खोलिन्छ।
चितवनको इच्छाकामना गाउँपालिका र तनहुँको आँबुखैरेनी गाउँपालिकाले ठाउँठाउँमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन्। जहाँ सवारी चालक, कामदार र अन्य आउजाउ गर्नेहरूको ज्वरो नापिन्छ। कोरोना भाइरसको जोखिमप्रति सजगता अपनाउँदै स्वास्थ्य सहायता कक्ष संचालन गरिएको सिनियर अहेब चन्द्रबहादुर गुरुङ बताउँछन्। गुरुङका अनुसार त्यो सहायता कक्षमा दैनिक सय जनाको ज्वरो जाँचिन्छ।
बागमती प्रदेश प्रवेश गर्ने पश्चिमको मुख्य नाकामा स्थापना भएको स्वास्थ्य सहायता कक्षमा स्वास्थ्य जाँच गर्दा कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएमा थप निगरानी गर्ने गरिएको पनि गुरुङले बताए।
स्थानीय तहमा कोरोना भाइरससँग लड्न अपनाइएको सजगता वास्तवमै सह्रानीय छ।
लकडाउन र सामाजिक दुरीको पालनाले कोरोना भाइरसको जोखिम त घटेको छ। तर त्यस क्षेत्रका होटल व्यवसाय भने यो अवस्थाले डामाडोल भएको छ।
बन्दीपुरको आयश्रोतको प्रमुख आधार होटल व्यवसाय पनि हो। फेरि यतिबेला पर्यटक आगमनको सिजन पनि हो। तर झन्डै तीन सातादेखि यहाँ पनि पर्यटक सून्य छन्। लकडाउनपछि बाह्य पर्यटक नआएपनि आन्तरिक पर्यटकले अहिले ब्यहोरिरहेको क्षति पूर्ति गर्छन् कि भन्ने आशा यहाँका होटल व्यवसायीको छ। होटल व्यवसयी नानु श्रेष्ठ भन्छिन्, ''पर्यटक आउने सिजनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि ठूलो घाटा भएको छ। पर्यटक आउने सम्भावना तत्काल नभएपनि अवस्था सामान्य भएपछि आन्तरिक पर्यटक आउने विश्वास गरेका छौं।''