कैलाली। कोरोना भाइरस संक्रमित कैलालीको प्रतापपुरका युवासँग १४ दिन सँगै बसेका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।
१४ चैतमा कञ्चनपुरको ब्रह्मदेव नाका भएर आएका उनीसँग १४ दिन एउटै कोठामा सँगै बस्ने उनका साथीको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको हो।
प्रतापपुरका युवामा संक्रमण देखिएपछि उनीसँगै भारतमा १४ दिन सँगै बसेका व्यक्तिको पनि स्वाब संलकन गरेर परीक्षणका लागि २० चैतमा काठमााडौं पठाइएको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार कैलाली र कञ्चनपुरबाट संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएका १०१ जनाको थ्रोट स्वाबको नमूनामध्ये ८८ जनाको रिपोर्ट आएको छ।
८८ जनाकै रिपोर्ट नेगेटिभ आएको छ। रिपोर्ट आउन बाँकी १३ मध्ये चार जनाको थ्रोट स्वाब भने परीक्षणका लागि पुनः काठमाडौं पठाइने भएको छ।
कोरोना भाइरसको आंशका गरिएका कैलालीका ६९ र कञ्चनपुरका ३२ जनाको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि २० चैतमा नेपाली सेनाको स्काइ ट्रकमार्फत् काठमाडौं पठाइएको थियो।
" /> कैलाली। कोरोना भाइरस संक्रमित कैलालीको प्रतापपुरका युवासँग १४ दिन सँगै बसेका व्यक्तिको रिपोर्ट नेगेटिभ आएको छ।१४ चैतमा कञ्चनपुरको ब्रह्मदेव नाका भएर आएका उनीसँग १४ दिन एउटै कोठामा सँगै बस्ने उनका साथीको स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएको हो।

">