कैलाली। सेती प्रादेशिक अस्पतालले छनोट भएका कर्मचारीलाई तीन पटकसम्म नियुक्तिका लागि बोलाउँदा उपस्थित नभएपछि नयाँ भर्नाको लागि पुन: सूचना प्रकाशित गरेको छ।
१० माघको सूचनापछि लिखित तथा अन्तर्वार्ता परीक्षाबाट योग्यता क्रममा रहेका वैकल्पिक आवेदकलाई ५, १२ र २४ चैतमा गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाइएपनि १४ जना स्टाफ नर्स नियुक्ति लिन नआएको अस्पतालले जानकारी दिएको छ।
अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले १० माघको विज्ञापनपछि पहिलो रोजाइमा रहेका २३ जनालाई शुरूमा भर्ना गरेको बताउँदै २० जनालाई वैकल्पिकमा राखिएको बताए।
उनले कोरोना भाइरसको जोखिम बढेपछि वैकल्पिकमा नाम निकालेका २० जनालाई नियुक्तिका लागि पटक-पटक बोलाउँदा ६ जनाले मात्रै नियुक्ति लिएको बताए।
अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले नियुक्तिका लागि पटक–पटक सूचना जारी गरिए पनि नियुक्तिपत्र बुझ्न नआएपछि नयाँ भर्नाका लागि सूचना जारी गरिएको बताए।
नयाँ सूचनामा चार जना मेडिकल अधिकृत र केही स्टाफ नर्सका लागि आवेदन खुल्ला गरिएको उनले बताए।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालले छनोट भएका कर्मचारीलाई तीन पटकसम्म नियुक्तिका लागि बोलाउँदा उपस्थित नभएपछि नयाँ भर्नाको लागि पुन: सूचना प्रकाशित गरेको छ।१० माघको सूचनापछि लिखित तथा अन्तर्वार्ता परीक्षाबाट योग्यता क्रममा रहेका वैकल्पिक आवेदकलाई ५, १२ र २४ चैतमा गरी तीन पटकसम्म नियुक्तिका लागि बोलाइएपनि १४ जना स्टाफ नर्स नियुक्ति लिन नआएको अस्पतालले जानकारी दिएको छ।

">