काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा २८ चैत साँझको अपडेटअनुसार नेपालमा अहिलेसम्म तीन हजार पाँच सय २५ जनाको कोभिड-१९ परीक्षण गरिएको छ। जसमध्ये ९ जनामा मात्रै संक्रमण देखिएकोमा एक जना निको भइ घर फर्किसकेका छन् भने बाँकी ८ जनाको उपचार भइरहेको छ।
नेपालमा संक्रमण धेरै नदेखिएको कारणमा ‘धेरैको परीक्षण नगरिएकोले’ हुनसक्छ। बागमती प्रदेशका चार स्थानमा र अन्य ६ प्रदेशका एक/एक स्थानमा कोभिड-१९ प्रयोगशाला स्थापना गरिएपछि परीक्षणको गति केही बढेको जस्तो देखिएको छ। शुरूका साढे दुई महिनामा भएको परीक्षणको आधा भन्दा बढी पछिल्लो एक सातामै परीक्षण भएको छ। तर, यो संख्या पनि आफैंमा न्यून छ। दक्षिण एशियाका अन्य देशसँग तुलना गर्दा नेपालमा भएको परीक्षण न्यूनमध्येमा पर्छ।
नेपालमा भएको तीन हजार पाँच सय २५ जनाको परीक्षणलाई प्रति १० लाख नेपालीको अनुपातमा हेर्दा यो ११७ जनाको परीक्षण मात्रै हो। केन्द्रीय तथ्यांक विभागका अनुसार आज, २८ चैतको नेपालको जनसंख्या दुई करोड ९९ लाख १७ हजार ७०७ लाई आधार मान्दा आउने प्रति १० लाख जनसंख्यामा नेपालमा भएको परीक्षण ११७ जनाको अनुपातमा मात्र देखिन्छ।
पढ्नुहोस्: नेपालमा कोभिड-१९ को परीक्षण किन यति सुस्त ?
यस्तो अनुपातमा हेर्दा सबैभन्दा बढी परीक्षण भुटानले गरेको छ। अहिलेसम्म पाँच जनामा मात्र कोभिड-१९ देखिएको भुटानमा त्यहाँ प्रति १० लाख जनामा एक हजार ५११ जनाको अनुपातमा परीक्षण भएको देखिन्छ। यद्यपी भुटानको जनसंख्या कम भएका कारण पनि परीक्षण अनुपात नेपालको भन्दा १५औं गुणा बढी देखिएको हुनसक्छ। तर, दक्षिण एशियामा सबैभन्दा धेरै र विश्वमै दोस्रो ठूलो जनसंख्या भएको भारत (करीब एक अर्ब ३४ करोड) ले गरिरहेको परीक्षणको तुलनामा पनि नेपालमा कम नै परीक्षण भएको देखिन्छ।
भारतमा आज, २८ चैत बिहानसम्ममा ६ हजार ७२५ जना संक्रमित भइसकेका छन्। वर्ल्डोमिटरका अनुसार भारतमा भएको परीक्षण प्रति १० लाख जनाको अनुपातमा १२९ जना बराबर हुन आउँछ। जुन नेपालको भन्दा बढी नै हो।
भारतपछि दक्षिण एशियामा बढी जनसंख्या भएको पाकिस्तान (करीब २० करोड) परीक्षणमा पनि अगाडि छ। आज बिहानसम्म चार हजार ६०१ जनामा संक्रमण फैलिएको देखिएको पाकिस्तानमा प्रति १० लाख जनाको अनुपातमा २०३ जनामा कोभिड-१९ को संक्रमण भए/नभएको परीक्षण भएको छ। यो अनुपात दक्षिण एशियामा भुटानपछिको धेरै हो।
करीब दुई करोड २० लाख जनसंख्या भएको श्रीलङ्काले पनि तीव्र परीक्षणमा जोड दिएको छ। प्रति १० लाख जनामा १५२ जनाको अनुपातमा त्यहाँ परीक्षण भइसकेको छ। जुन नेपालको तुलनामा बढी परीक्षण हो। त्यहाँ १९० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ।
प्रति १० लाख जनाको अनुपातमा नेपाल भन्दा पनि कमको परीक्षण गरेको मुलुक बंगलादेश हो। आज बिहानसम्ममा त्यहाँ ३३० जनामा संक्रमण पुष्टि भइसकेको छ। करीब १६ करोड जनसंख्या भएको बंगलादेशमा परीक्षण भने प्रति १० लाख जनामध्ये ३७ जनाको अनुपातमा भएको छ। जुन नेपालको तुलनामा एक तिहाई मात्र हो।
पढ्नुहोस्: कोभिड-१९ सँगै बढ्दै छ दक्षिण एशियाली सहकार्यको सम्भावना
कोभिड-१९ बाट सबैभन्दा धेरै प्रभावित युरोपेली मुलुक र संयुक्त राज्य अमेरिकामा पनि नेपाल भन्दा सयौं गुणाको अनुपातमा जाँच गरिएको छ। चार लाख ६८ हजार संक्रमित देखिएको अमेरिकामा प्रति १० लाखमा सात हजार १८१ जना र एक लाख ५३ हजार संक्रमित भएको स्पेनमा प्रति दश लाखमा सात हजार ५९३ जनाको परीक्षण गरिएको छ। त्यस्तै इटली (एक लाख ४३ हजार संक्रमित) मा प्रति दश लाखमा १४ हजार ११४ र जर्मनी (एक लाख १८ हजार संक्रमित) मा प्रति १० लाखमा १५ हजार ७३० को परीक्षण भएको छ।
भारतमा संक्रमितको बढ्दो ग्राफ, नेपालसँग सीमा जोडिएका राज्यमा कस्तो छ ?
पछिल्ला दिनमा छिमेकी भारतमा कोभिड-१९ बाट संक्रमित र मृतकको संख्या दिन प्रतिदिन तीव्र गतिमा बढ्दो छ। ३१ डिसेम्बर २०१९ मा चीनको वुहानमा पहिलो संक्रमित भेटिएको एक महीनासम्म भारतमा कोही पनि संक्रमित भेटिएका थिएनन्। २३ जनवरी २०२० मा नेपालमा पहिलो संक्रमित भेटिएको एक सातापछि ३० जनवरीमा भारतमा पहिलो व्यक्तिलाई संक्रमण भएको हो।
उक्त दिन एकैपटक भारतसहित फिनल्याण्ड र फिलिपिन्समा कोभिड-१९ का नयाँ बिरामी देखिएपछि संक्रमण १८ देशमा पुगेको थियो। विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार उक्त दिनसम्म चीनमा सात हजार ७३६ जना संक्रमित थिए भने चीनबाहेका नेपाल, भारतसहित १७ देशमा ८२ जना मात्र।
त्यसको ६५ दिनपछि ३ अप्रिलमा भारतमा संक्रमितको संख्या तीन हजार ५९ पुग्यो। संक्रमण तीन हजार ५८ जनामा फैलिन करीब ९ हप्ता लागेको भारतमा त्यो संख्या दोब्बर हुन ९ दिन पनि लागेन। ९ अप्रिल साँझसम्मको वर्ल्डोमिटरको तथ्याङ्कअनुसार भारतमा ६ हजार ७२५ जना संक्रमित भएका छन् भने २२७ जनाको मृत्यु भइसकेको छ। पछिल्लो एक दिनमै ८०९ जनामा संक्रमण फैलिएको छ र कोभिड-१९ विस्तारको यो दर हरेक दिन बढ्दो छ।
पढ्नुहोस्: कोभिड-१९ को उच्च जोखिममा दक्षिण एशिया
भारतसँग खुला सीमा भएको र नेपालसँग जोडिएका भारतका चार वटै प्रान्तमा संक्रमित देखिएकाले भारतमा बढ्दो संख्याले नेपालमा पनि जोखिम निम्त्याउन सक्छ। अहिले अन्तर्राष्ट्रिय सिमा बन्द गरिएको भए पनि निश्चित नाका बिनाका स्थानबाटसमेत नेपाल-भारत आउजाउ हुने हुँदा नेपालमा थप सतर्कता चाहिएको छ।
पश्चिम नेपालसँग सीमा जोडिएको उत्तराखण्डमा अहिलेसम्म ३५ जना संक्रमित भेटिएका छन्। ‘कोभिड १९ इन्डिया डट ओआरजी’ का अनुसार पूर्वी नेपाल जोडिएको ‘वेष्ट बंगाल’मा ११६ जनामा संक्रमण भेटिएको छ भने पश्चिम तराई जोडिएको यूपीमा धेरै संक्रमित छन्। हालसम्म त्यहाँ ४१० जना संक्रमित भेटिएका छन्। संक्रमितको यो संख्यासँगै उत्तर प्रदेश उच्च संक्रमित भएका भारतका प्रमुख सात प्रान्तभित्र पर्छ। उत्तर प्रदेश भन्दा बढी संक्रमित भएका प्रान्त/’युनियन टेरेटोरी’मा महाराष्ट्र (१३४६), तमिल नाडु (८३४), दिल्ली (७२०), तेलङ्गाना (४७१) र मध्य प्रदेश (४११) मात्र छन्।
नेपालको मध्य र पूर्वी तराईको सीमा जोडिएको विहारमा तुलनात्मक रूपमा कम संक्रमित छन्। २८ चैत दिउँसोसम्म त्यहाँ ६० जना मात्र संक्रमित भेटिएका छन्। यसरी नेपालसँग सीमा जोडिएका भारतका चार प्रान्तमा मात्र ६२० जना संक्रमित भेटिएका छन्। जुन् भारतका ३६ प्रान्त/युनियन टेरेटोरीमध्ये ३२ वटामा भेटिएका संक्रमित ६ हजार ७२५ को करीब १० प्रतिशत हो।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा २८ चैत साँझको अपडेटअनुसार नेपालमा अहिलेसम्म तीन हजार पाँच सय २५ जनाको कोभिड-१९ परीक्षण गरिएको छ। जसमध्ये ९ जनामा मात्रै संक्रमण देखिएकोमा एक जना निको भइ घर फर्किसकेका छन् भने बाँकी ८ जनाको उपचार भइरहेको छ।

">