कैलाली र कञ्चनपुरमा र्यापिड टेस्टबाट गरिएको सबै नतिजा नेगेटिभ
<p>काठमाडौं। कैलाली र कञ्चनपुरमा र्‍यापिड टेस्टबाट गरिएको सबै परीक्षणको कोरोना भाइरस संक्रमणको नतिजा नेगेटिभ आएको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो।</p>
<p>मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कैलालीमा गरिएका ३३९ र कञ्चनपुरमा गरिएका १३७ वटै नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।</p>
<p>उनका अनुसार कपिलवस्तुमा गरिएका २१ वटा र बाग्लुङमा गरिएका १९ वटा परीक्षणको नतिजा पनि नेगेटिभ आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्